सभाध्यक्षको भूमिका प्रति मेरो समर्थन छैनः उपाध्यक्ष घर्ति

१८ फाल्गुन २०७१, सोमबार २१:१९ मा प्रकाशित

काठमाडौ, १८ फागुन । संविधानसभाकी उपाध्यक्ष ओन सरी घर्तिले संविधानसभा अध्यक्ष सुवास चन्द्र नेम्वाङ्गले माघ ८ गते पछि चालेको कदमप्रति आफ्नो समर्थन नभएको स्पष्ट पारेकी छिन ।
सोमबार राजधानीमा आयोजित साक्षात्कारमा उनले संविधानसभा अध्यक्ष र उपाध्यक्ष कुनै दल विशेषको नभई साझा बन्न सक्नु पर्ने तर्क गर्दै भनिन– संविधानसभा अध्यक्ष पनि कुनै पार्टीको उम्मेदवार हो । उहाँले बाध्यतामा परेर त्यस्तो गर्नु भयो होला तर हामी साझा बन्न सक्नु पर्छ ।
साक्षात्कारमा घर्तिले अहिलेसम्म आफूले समानान्तर संविधानसभाको कल्पना नगरेको स्पष्ट पार्दै त्यस्तो स्थिति आउनु खराव भएकोले आफूले समानान्तर संविधानसभा हुने अवस्था आउन नदिन भूमिका खेल्ने बताईन ।
उनले भनिन–हामी कुनै एक कित्तामा लाग्ने कुरा खराव स्थिति हो । त्यस्तो सोच्दा पनि नसोचौ । म कुनै पनि ध्रुबमा सहभागि छैन । तटस्थ भएर भूमिका निर्वाह गरिरहेको छु । जनयूद्ध र शान्ति पूर्ण आन्दोलनमा रहेका शक्तिहरुवीच सहमति हुने अनि सानो कुरामा सहमति नहुने भन्ने कुरा आउँदैन । त्यसैले खराव अनुमान गर्नु भन्दा पनि सहमतिको लागि सबैले सहयोगी भूमिका निर्वाह गर्नु पर्छ ।
यद्यपि उनले पेलेरै जाने स्थिति आए भने आफूले विकल्पमा सोच्ने स्पष्ट पार्दै संविधानसभा छाडेर जान अवस्था आउन दिन नहुने धारणा राखिन ।
उपाध्यक्ष घर्तिले संविधानसभामा जारी रहेको गतिरोध अन्त्यको लागि दलहरुले आ आफ्नो अडानबाट पछि हटेर संविधान दिुन पर्ने धारणा राख्दै माघ ५ गते दलहरु सहमतिको नजिकपुगेकोले त्यसलाई नै आधार बनाएर छलफल थालेसहमति बन्ने विश्वास ब्यक्त गरिन ।
दुई चार दिन भित्र सहमति गरेर संविधान दिने बातावरण बनाएर अघि बढ्नु पर्ने भन्दै संविधानसभालाई लामो समयसम्म स्थागत गरेर राख्न नहुने तर्क गरिन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।निर्वाचन घोषणाको सवालमा सत्तारूढ गठबन्धन संविधान र कानूनको परिपालना भन्दा पनि बढी नाफा र घाटाको जोडघटाउमा लागेको छ । कानून

दाङ। कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि दाङमा अग्रपंक्तिमा रहेर काम गर्नेहरूलाई खोप दिन थालिएको छ । स्वास्थ्यकर्मी, सपाइकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई

सुर्खेत। कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री भएको करिब चार महिनापछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक

दाङ। कोरोना संक्रमण दर बढ्दै जाँदा नागरिक स्तरबाट भने स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा गम्भीर लापर्वाही देखिएको छ । स्वास्थ्य क्षेत्रका जानकारहरूले कोरोना संक्रमणबाट