प्रचण्डको बाटोबाट शान्ति र संविधान आउंदैन नेत्रविक्रम चन्द ‘विप्लव’ (क्रान्तिकारी विचार समूहका नेता, एकीकृत नेकपा माओवादी)

२४ जेष्ठ २०६९, बुधबार २२:५१ मा प्रकाशित

कम्युनिस्ट पार्टीमा फुटको रोग अत्यन्त सामान्य देखिन्छ, माओवादी पनि फुट्ने भयो होइन अब ?
– कम्युनिस्ट पार्टी एकताबद्ध पनि भएको छ, रूपान्तरित पनि भएको छ, पुनर्संगठित पनि भएको छ र यसले राष्ट्रलाई ठूला–ठूला उपलब्धि वा परिवर्तन पनि दिएको छ । त्यसैले फुटको मात्र कुरा नगरौ“ ।
एकीकृत नेकपा माओवादी यतिबेला फुटको सङ्घारमै पुगेको अनुभूति गरिन्छ, यो अवस्था ल्याइपु¥याउन मूल दोषी को होला ?
– पार्टीको नीति, सिद्धान्त र विचारबाट विचलन भएका पात्रहरूलाई ढाकछोप गर्नु आवश्यक छैन । पार्टीलाई रूपान्तरण गर्न तथा परिवर्तनको बाहकका रूपमा एकताबद्ध र व्यवस्थित तुल्याउ“दै अघि बढाउने सवालमा अक्षम देखिएका प्रचण्ड नै हुन् । त्यसो त गणतन्त्र ल्याउने प्वाइन्टसम्म उनलाई सफल नै मान्न सकिन्छ तर यसबाट अब अगाडि जानका लागिचाहि“ उहा“मा एकखालको अवरुद्धता नै आएको छ । आजको नेपाल यसभन्दा पनि धेरै अगाडि जानसक्छ र जानुपर्छ भन्ने उहा“को आ“खाले देख्न सकेन । उहा“ यत्तिकैमा रोकिन चाहनुभयो भन्ने हामीलाई लागेको छ ।
शान्ति, संविधान र सहमतिका लागि प्रचण्डले जे गर्नुभयो सही नै गर्नुभयो भन्नेहरू पनि त छन् नि ?
– खै त के भयो ? न शान्ति भयो न संविधान भयो न सहमतिको वातावरण नै बनिरहेको छ । यही हो त प्रचण्ड कामरेडको सफलता ?
बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउन त उहा“ सफल हुनुभयो नि, होइन र ?
– कुनै व्यक्तिको कुरा छोडिदिनुस्, राष्ट्रको कुरा गर्नुस्, राजनीतिक परिवर्तनको कुरा गर्नुस् ।
पालुङटार बैठकमा प्रचण्डजीले नेत्रविक्रम चन्दलाई मन्त्री नबनाउ“दा यस्तो अप्ठ्यारो स्थिति प¥यो पनि भन्नुभएको थियो अरे, के भन्नुहुन्छ ?
– होइन होइन, उहा“ले त्यसो भनेको होइन । उहा“ले भनेको के भने एउटा टिम जसरी निर्माण गर्नुपथ्र्यो त्यसरी गर्न सकिएन– कमजोरी भयो † मन्त्रीको कुरा होइन हेर्नुस् ।
कुनैबेला त तपाईं पनि प्रचण्डजीको नजिक बनेर काम गर्नुहुन्थ्यो, आज के भयो ?
– हो, पार्टीजीवनको सबभन्दा सङ्कटपूर्ण र जटिल समयमा हामी स“गस“गै बसेर काम गरेका हौ“ । तर, अहिले उहा“मा एकप्रकारको ‘ठहराव’ आयो भनिरहेका छौ“ हामी ।
त्यसो भए अब उहा“स“ग स“गस“गै हि“ड्ने समय सकियो ?
– सबै कुरा समाप्तै भयो त म भन्न सक्दिन“ । राजनीतिमा कुनै कुरा पनि स्थिर या स्थायी ढङ्गले अन्त्य हु“दैन ।
प्रचण्ड माओवादी पार्टीको अध्यक्ष हुन् कि होइनन् ?
– एकीकृत नेकपा माओवादीको अध्यक्ष त हो तर पार्टीको घोषित आधिकारिक विचार, नीति, कार्यक्रम, लक्ष्यबाट पछि फर्किएको अध्यक्ष हुनुभो यतिबेला उहा“ । औपचारिक हिसाबले उहा“ अध्यक्ष भए पनि अनौपचारिक रूपमा अब त्यो मान्न नसक्ने बिन्दुमा उभिन पुगेका छौ“ हामी । आफैंले स्थापित गरेका विचार र मान्यतालाई उहा“ले भत्काएर उल्टो दिशातिर फर्कनुभयो ।
अब तपाईंहरू प्रचण्डलाई कहिलेसम्म यस्तो ‘अनौपचारिक अध्यक्ष’ मानेर बस्नुहुन्छ त ?
– आगामी असारको १ गते हामी राष्ट्रिय भेलाको आयोजना गर्दै छौ“ । पार्टीमा उत्पन्न गम्भीर स्थितिमा कतिपय राजनीतिक तथा साङ्गठनिक निर्णय लिन आवश्यक ठानेर गर्न लागिएको भेलामा ७५ वटै जिल्ला र हाम्रा विभिन्न मोर्चाबाट अगुवा कामरेडहरू सहभागी हुनुहुनेछ । त्यो भेलाले हाम्रो विचार या नीतिबारे जस्तो निष्कर्ष निकाल्छ त्यसैअनुसार हामी अगाडि बढ्नेछौ“ ।
त्यसोभए असार १ गते माओवादीको नया“ पार्टी जन्मने भयो होइन ?
– नया“ पार्टी त नभनौ“ तर नेपालको कम्युनिस्ट आन्दोलनको पुनर्संगठन हुने सम्भावनाचाहि“ प्रबल छ । आजको नेपालले जे सङ्कट व्यहोरिरहेको छ त्यसको समुचित निकासका लागि भेलामा बहस हुनेछ ।
नया“ पार्टी नजन्मने भए एकता प्रक्रियामा त लैजाला नि, प्रचण्डलाई कसरी हेर्ला त भेलाले ?
– प्रचण्डलाई अध्यक्षका रूपमा पार्टीले ‘जनताको नेपाल’ बनाऊ, नेपाली जनताको अधिकार सुनिश्चित गर, माओवादी पार्टीलाई सर्वहारा वर्गको पार्टीका रूपमा स्थापित तुल्याऊ, जनतालाई सुनौलो नया“ भविष्य देऊ भनेर म्यान्डेट दिएको थियो । त्यसमा प्रतिबद्धता जनाएर नै उहा“ अध्यक्ष बन्नुभएको थियो । तर, अहिले यहा“ आइपुग्दा प्रकारान्तरले उहा“ त्यसमा असफल सावित भएको देखियो । असफल भएको नाताले उहा“ले आफूलाई गम्भीर ढङ्गले समीक्षा गर्नुपर्छ । आज जुन मत उहा“ प्रकट गर्दै हुनुहुन्छ, त्यसका लागि आफू अध्यक्ष भएको होइन भन्ने उहा“ले ख्याल राख्नुपर्छ । आज प्रचण्ड कामरेडले जुन तरिकाले देशलाई र कम्युनिस्ट आन्दोलनलाई अगाडि लैजान्छु भन्ने सोच्नुभएको छ त्यसरी यो राज्य बदलि“दैन भन्ने सावित भइसकेको उहा“ले महसुस गर्नुपर्छ । संविधानका लागि भनेर उहा“ले जनमुक्ति सेना विसर्जन गर्नुभयो, संविधानकै लागि भनेर हतियार बुझाउनुभयो, त्यसैका नाममा जमिन फिर्ता गर्नुभयो, त्यसकै लागि भन्ने बहाना बनाएर विदेशी शक्तिहरूस“ग पनि सा“ठगा“ठ गर्नुभयो, तर हात लाग्यो शून्य †
अत्यन्त प्रतिकूल अवस्थामा पार्टीलाई ‘प्रधानमन्त्री’ त दिलाए नि प्रचण्डले, यस उपलब्धिको कदर गर्नुपर्दैन ?
– नेपालको इतिहासमा यस्ता प्रधानमन्त्री त कति भए कति, के हिसाब छ त ? यो पनि कुनै उपलब्धि हो र ? प्रधानमन्त्री पद नहु“दा पनि माओवादीले देशलाई परिवर्तन गरी यहा“सम्म ल्याएको होइन र ? तर, प्रधानमन्त्री हु“दा झन् अधोगतितिर फर्काउने काम भएको छ ।
प्रचण्डले अध्यक्षको जिम्मेवारी छोडिदिए भने सहमति हुन्छ कि कसो हो ?
– कार्यकर्ताले दिएको म्यान्डेटबाट उहा“ले आफ्नो मत वा विचार बदलेको सन्दर्भ मैले उल्लेख गरिसके“ । प्रचण्डजीले छोड्ने बाबुरामजी आउने गरेर समाधान हुने होइन । माओवादी पार्टीको अहिलेसम्मको वास्तविक विचारले यो पार्टी आजसम्म जनतामा स्थापित भएको हो । जुन कारणले जनताले विश्वास गरे, कार्यकर्ताले त्याग र बलिदान गरे, त्यो विचारलाई स्थापित गर्न सक्ने लिडरसिप आएपछि मात्रै समस्या हल हुन्छ । प्रचण्डले पद छोडेपछि सबै एकैचोटी ठीक हुन्छ भन्ने ढङ्गले नबुझौ“ ।
प्रचण्डको ठाउ“मा रामबहादुर ‘बादल’लाई स्थापित गर्ने प्रयास हो कि तपाईंहरूको ?
– यसरी नबुझौ“ भनी फेरि आग्रह गर्छु म । कुरा मान्छेको होइन यहा“, कसरी समस्याको हल निस्कन्छ भन्ने मूल प्रश्न हो । राजनीतिक विचार या लाइन, नेतृत्व र नेपालको राजनीतिक आन्दोलनलाई कुन दिशा दिने भन्ने कुरा आज हामीबीच बहसको विषय हो । यी तीनवटै कुरा अहिले प्रचण्ड कामरेडबाट सम्भव हुने देखिएन ।
कोबाट सम्भव हुने देख्नुहुन्छ त तपाईं ?
– अहिले त हाम्रो किरण कामरेड हुनुहुन्छ नि त । उहा“ यसका लागि एउटा योग्य प्रतिनिधि हो । तपाईंले अघि भनेजस्तै बादल कामरेड पनि हुनुहुन्छ हामीस“ग नेतृत्वका लागि त्यस्तै योग्य व्यक्ति ।
ए, त्यसो भए मोहन वैद्य किरणलाई प्रचण्डले नेतृत्व सुम्पिए सहमति हुन्छ ?
– उहा“लाई सुम्पिनुपर्छ, यसो गर्दा बिग्रन लागेका धेरै कुरा ठीक ठाउ“मा आउ“छन् भन्ने हामीलाई लागेको छ । सकभर १ गतेभन्दा अघि नै यसबारे एउटा निष्कर्ष आउनुपर्छ भन्ने हाम्रो मान्यता छ ।
तपाईंले यसो भन्दै गर्दा यो सोध्न चाहन्छु कि नेपालको राजनीतिमा माओवादी पार्टीको अबको यात्रा प्रचण्ड र बाबुरामको नीति–कार्यक्रमबाटै अघि बढ्ला कि मोहन वैद्यको विचारबाट निर्देशित रहला ?
– यसमा म सतप्रतिशत विश्वासका साथ भन्छु कि आजको नेपालमा प्रचण्ड र बाबुराम कमरेडले लिएको नीतिले न देशमा शान्ति हुन्छ, न संविधान, न समृद्धि, केही पनि दि“दैन । परिवर्तन, शान्ति, समृद्धि स्वाधीनता दिने विचार भनेको माओवादीको अफिसियल विचारले मात्र हो । नेपालको पुरानो राज्यलाई जनताको राज्यमा बदल्ने क्षमता आधिकारिक विचारले मात्र राख्छ जसलाई हामीले पार्टीमा संस्थागत गरेका छौ“ । तसर्थ संस्थाको हिसाबमा माओवादी पार्टी र व्यक्तिका हिसाबमा आजको दिनमा कामरेड किरणले नेतृत्व गरेको विचार नै राज्यलाई परिवर्तनका साथ अघि बढाउन सक्षम हुनेछ भन्ने ठहर छ ।
यदि त्यो विचार कार्यान्वयन हुने अवस्था आएन भने के फेरि जनविद्रोह हुन्छ ?
– जनविद्रोहलाई हामीले प्रारम्भिक विषय बनाउनु हु“दैन । जनयुद्धको जग हेर्नुभयो भने तपाईं ‘चालीस बु“दे’लाई पाउनुहुन्छ । त्यसैगरी हाम्रो विचार समूहले पनि अहिले २१ वटा बु“दा अघि सारेको छ । यो जनताको हितमा छ । किसानको अधिकार भूमिमा हुनुप¥यो, मजदुर, महिला, दलित र जनजातिको अधिकार राज्यमा रहनुप¥यो, युवाको रोजगारीमा अधिकार हुनुप¥यो, मुलुकको अधिकार स्वाधीनतामा रहनुप¥यो भन्ने हाम्रा मागका बु“दाहरू छन् । यसलाई राज्यले उचित तवरले सम्बोधन गर्नुपर्छ । गर्न नखोजे परिस्थिति जटिल बन्दै जान्छ र विद्रोह बढ्दै जानसक्छ ।
बाबुरामजी यतिबेला ‘मेरै लाइनमा मुलुक अघि बढेको छ’ भन्ने दाबी गर्दै हुनुहुन्छ, यसमा कति सत्यता छ होला ?
– कालीबाबाले ‘यो दुनिया“ अब उल्टिन्छ’ भन्दै मिति तोक्दा आफूले सत्य नै बोलेको छु भन्ने ठानेका थिए । गुह्येश्वरीमा बसेर त्रिशूल बजार्दै उपद्रो गर्ने जोगीहरूले पनि मैलै सत्य नै गरिरहेको छु भन्ने ठान्छ । कमल थापा राजतन्त्र नै स्थापना गर्नुपर्छ भन्दै त्यसैलाइ उपयुक्त र सत्य ठानिरहेका छन् भने बाबुरामजीले पनि आफ्नो हरेक काम–कदमलाई सत्य ठान्नु, राम्रो मान्नु के अनौठो भयो र ? कुरा के मात्र हो भने बाबुरामजीले बोकेको विचार र भावनाले अहिले देश र जनताको समस्यालाई सम्बोधन गर्दैन । त्यसैले त्यो वस्तुगत छैन । अवैज्ञानिक छ भनेका हौ“ हामीले ।
अहिलेको स्थितिमा बाबुराम भट्टराई प्रधानमन्त्रीबाट हट्नैपर्छ होइन त्यसो भए ?
– राष्ट्रपतिले ‘कामचलाउ’ भनेर ठहर गरेर उहा“लाई त हटाइसक्नुभयो नि ।
उहा“ले त आफूलाई हटेको ठान्नुभएको छैन त ?
– ‘कामचलाउ’ रह“दासम्म त नहटेको ठान्नु ठिकै होला, नया“ सहमतिबाट अर्को प्रधानमन्त्री नआउन्जेल उहा“ कामचलाउ बस्नुहुने नै भयो ।
कहिले होला सहमति ? कसको नेतृत्वमा बन्ला त सरकार ?
– हाम्रो विचार समूहको धारणा के छ भने अब नेपालमा वर्गीय, सङ्घीय, लिङ्गीय, क्षेत्रीय सबै क्षेत्रका प्रतिनिधि बोलाएर, सबै पार्टीका प्रतिनिधि बोलाएर सर्वपक्षीय गोलमेच सभा बनाउनुपर्छ र त्यही सभाले नै नेतृत्व र भावी संविधानको तय गर्नुपर्छ । जहा“सम्म बाबुरामजी अपदस्त नै हुनुपर्ने सवाल छ, उहा“लाई मैले स्पष्ट भन्ने गरेको छु कि तपाईं सच्चिनुप¥यो, यस्तै रवैया रहे त हाम्रो समर्थन रहन सक्तैन ।
उहा“ परिवर्तित हुन सक्नुहोला जस्तो लाग्छ ?
– दुई तरिकाबाट मानिसमा परिवर्तन आउन सक्छ । ज्ञानले पनि परिवर्तन आउन सक्छ भने हन्डरठक्कर खाएर पनि व्यक्ति परिवर्तन हुन सक्छ । बाबुरामजी पनि हन्डरठक्कर खाएपछि परिवर्तित हुनुहोला । हन्डर खाएपछि राजा भएर त ज्ञानेन्द्रले दरबार छोडेर नागार्जुन जङ्गलको बास रोज्न सके भने बाबुरामजी त आमतहकै नागरिकबाट उठ्नुभएको व्यक्ति हो नि, किन परिवर्तित हुन नसक्ने ?
बाबुरामले पद नछोडेपछि काङ्ग्रेस, एमालेले आन्दोलनको घोषणा गरिसकेका छन् । त्यसमा तपाईंको समर्थन छ ?
– सर्वपक्षीय गोलमेच सभामा काङ्ग्रेस–एमाले पनि हामीस“गै हुन्छ । हाम्रो मुभमेन्ट अब सर्वपक्षीय गोलमेच सभातिरै केन्द्रित रहन्छ । त्यही सभाले एउटा प्रतिनिधिसभाको कार्य गर्छ र त्यसैले संविधानसभाको भूमिका पनि निर्वाह गर्न स

प्रचण्डको बाटोबाट शान्ति र संविधान आउंदैन
नेत्रविक्रम चन्द ‘विप्लव’
(क्रान्तिकारी विचार समूहका नेता, एकीकृत नेकपा माओवादी)

– सर्वपक्षीय गोलमेच सभामा काङ्ग्रेस–एमाले पनि हामीस“गै हुन्छ । हाम्रो मुभमेन्ट अब सर्वपक्षीय गोलमेच सभातिरै केन्द्रित रहन्छ । त्यही सभाले एउटा प्रतिनिधिसभाको कार्य गर्छ र त्यसैले संविधानसभाको भूमिका पनि निर्वाह गर्न सक्छ ।
राष्ट्रपतिले प्रधानमन्त्रीलाई हटाउन मिल्छ कि मिल्दैन ?
– यसबारेमा त कानुनका वेत्ता या संविधानविद्हरूले नै बोल्दा ठीक होला । राजनीतिक रूपमा मैले भन्नुपर्दा त उहा“ प्रधानमन्त्री भएको चार दिनपछि नै हामीले अविश्वास गरेका हौ“ । तपाईं हटिदिनुहोस्, अब तपाईंबाट देशको परिवर्तन र उन्नति–प्रगति सम्भव छैन भनेर त्यसबेलादेखि नै हामीले भनेका हौ“ बाबुरामजीलाई त । काङ्ग्रेस र एमालेको प्रधानमन्त्रीभन्दा तपाईं माथि उठ्न सक्नुभएन भनी हामीले उहिल्यै भनिसकेको प्रवेशमा अब बाबुरामजी हटिदिनुहोस् भन्नका लागि हामीले काङ्ग्रेस या एमालेको, राष्ट्रपतिको सहारा किन लिनुप¥यो ? राष्ट्रपतिले बाबुरामजीको सरकारलाई ‘कामचलाउ’ बनाइदिनुभयो, त्योसम्म ठीकै गर्नुभयो भन्ने हाम्रो ठहर छ ।
अन्त्यमा भनिदिनुहोस्, माओवादीको अध्यक्षमा किरण र प्रधानमन्त्रीमा बादल हुनुभए सबै कुरा ठीक हुन्छ भन्ने तपार्इंको धारणा हो कि होइन ?
– अब मुलुकको नेतृत्व हाम्रो विचार समुहबाट हुनुपर्छ भन्ने कुरा हामीले भन्दै आएका हौ“ । हाम्रो विचार समूहले सरकार सञ्चालन गर्ने अवस्थामा निश्चय पनि बादल कमरेड नै प्रधानमन्त्री हुनुहुने हो । पार्टीको नेतृत्वबारे पनि मैले स्पष्ट पारिसकेको छु । यसो भएपछि कुनैै सहमतिभन्दा पनि समाधान निस्कन्छ भन्ने बुझ्नुपर्छ ।

क्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ, १९ बैशाख । विश्वमा कोरोना माहामारीका कारण नेपाल लकडाउन भएको १ महिना भन्दा बढी भइसक्यो । यो एक महिनाको

निरोज कुमार थापा, काठमाडौँ, १० असार । सबै मानिसहरु आफ्नो कर्ममा सफल हुन्छन् भन्ने छैन । तर निरन्तरको लगाव, कामप्रतिको

पर्यटन प्रवद्र्धनका लागि सन् २०१७ बाट हरेक वर्ष हिमालय ट्राभल मार्ट आयोजना हुँदै आएको छ । यसवर्ष पनि जुन ६

निरोज कुमार थापा, काठमाडौँ, ६ बैशाख ।  नेपालमा होमस्टेको इतिहाँस लामो छैन। यो अभियानले गति लिएको एक दशक पनि भएको