स्वाइन फ्लुको सन्त्रासले विद्यालय बन्द

१८ फाल्गुन २०७१, सोमबार २१:१६ मा प्रकाशित

गोरखा, १८ फागुन । एक पछि अर्को विद्यार्थी छटपटाएर ढल्न थालेपछि गोरखाको बिरेञ्चोकमा रहेको रत्नराज्य उमावि बन्द भएको छ । आइतबार बिहान १० बजे प्रार्थना सभा सकेर कक्षा कोठाभित्र पढ्न पुगेका छात्रछात्रा छट्पटाएर ढलेपछि अनिश्चितकालका लागि विद्यालय बन्द गरिएको हो ।

बिरामी विद्यार्थीको गोरखा जिल्ला अस्पतालमा उपचार गराउँदा चिकित्सकहरुले सरुवा रोग भएको जनाएपछि विद्यालय बन्द गरिएको प्रधानाध्यापक ध्रुव श्रेष्ठले जानकारी दिए ।

बिरामी विद्यार्थीलाई स्वाइन फ्लु रोग लाग्दा देखिने अधिकांश लक्षणहरु देखिएको जिल्ला अस्पताल गोरखाका चिकित्सक नारद थपलियाले जानकारी दिए। आवश्यक साधन नहुँदा के रोग लागेको हो भन्ने यकिन हुन नसकेको भन्दै डा थपलियाले विद्यार्थीको स्वास्थ्य जाँचको प्रतिवेदन नेसनल ल्याब काठमाडौँमा पठाएको जानकारी दिए ।

विद्यालयले जिल्ला शिक्षा कार्यालय गोरखासँग अनुमति लिएर अनिश्चितकालका लागि विद्यालय बन्द गरेको जनाएको छ । “विद्यार्थीलाई के रोग लाग्यो यकिन हुन सकेन” प्रअ श्रेष्ठले भने , “डाक्टरहरुले सरुवा रोग हो भन्नु भएकाले विद्यालय बन्द गरियो ।”

कक्षा १० मा पढ्दै आएका छजना छात्रा र पाँचजना छात्र बिरामी भएको विद्यालयले जनाएको छ । बिरामी भएका अधिकांश विद्यार्थी १६ वर्षका छन् । उनीहरुको नाम भने गोप्य राखिएको छ ।

स्वाइन फ्लुको हल्लामात्रै भएकाले आत्तिनु नपर्ने जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख महेन्द्रध्वज अधिकारीले बताए । मौसम परिवर्तन भएकाले रुघा, खोकी लाग्नु सामान्य भएको उनको टिप्पणी छ । स्वाइन फ्लु लाग्न नदिन जिल्लामा उच्च सतर्कता अपनाएको अधिकारीको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

काठमाडौं । विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक हुनुहुँनेछ । सरकारले विप्लव समूहसँग वार्ता गरी तीन बुँदे सहमति

झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव