एमालेका संस्थापक नेता राधाकृष्ण मैनाली घर फर्किए

१७ फाल्गुन २०७१, आईतवार २२:०८ मा प्रकाशित

काठमाडौ, १७ फागुन । राधाकृष्ण मैनाली आफुले स्थापना गरेको पार्टी नेकपा एमालेको केन्द्रीय कमिटी सदस्यमा मनोनित भएका छन् । संगै संघीय समाजवादी छाडेर एमालेमा प्रवेश गरेका विजय सुब्बा पनि केन्द्रीय कमिटीमा मनोनित भएका छन् । एमालेको आइतबार बसेको स्थायी कमिटी बैठकले मैनाली र सुब्बालाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो । मैनाली नेकपा एमालेका संस्थापक नेता हुन् । उनी एमालेको स्थायी कमिटी सदस्य भएकै बेला ०५९ सालमा तत्कालीन राजाको समर्थन गरेको अभियोगमा एमालेले पार्टीको साधारण सदस्यबाट समेत हटाएको थियो । त्यसपछि मैनाली पूर्वराजा नेतृत्वको मन्त्रिपरिषदमा मन्त्री बनेका थिए । गणतन्त्र स्थापनापछि मैनाली एमाओवादीमा प्रवेश गरेका थिए । त्यस्तै संघीय समाजवादी छाडेर फर्किएका बिजय सुब्बालाई पनि केन्द्रीय सदस्यमा मनोनित गरिएको एमालेले जनाएको छ । सुब्बा संघीय समाजवादीको बरिष्ठ उपाध्यक्ष छाडेर गत साउनमा एमालेमा प्रवेश गरेका थिए । अन्य पार्टीबाट एकीकरण हुने २० प्रतिशत सदस्यको कोटामा दुई नेता मनोनित भएका हुन् । यी दुईजनाको मनोनयनसँगै एमाले केन्द्रीय कमिटीको संख्या १ सय ७३ पुगेको छ । मैनाली र सुब्बालाई क्रमशः स्थायी समिति र पोलिटब्यूरो सदस्य बनाउने सम्भावना रहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन