सहमतिबाट संविधान जारी नगरे काठमाडौं कब्जा: अध्यक्ष यादव

१६ फाल्गुन २०७१, शनिबार २१:०९ मा प्रकाशित

काठमाडौं, १६ फागनु । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले काँग्रेस र एमालेले सहमतिबाट संविधान जारी गर्न अझैपनि प्रयास नगरे राजधानी नै कब्जा गरेर संविधान जारी गर्ने चेतावनी दिएका छन ।

३० दलीय मोर्चाको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष यादवाले विगतमा भएका आन्दोलनको र सहमतिको भावनामा संविधान बनाउनु पर्ने बताए । यादवले त्यो हुन नसके आन्दोलन मार्फत काठमाडौं कव्जा गरेर संविधान जारी गर्ने चेतावनि दिए । कांग्रेस एमालेले ०४७ सालकै संविधानलाई तलमाथी गरेर ल्याउने प्रयासमा रहरेको आरोप लगाए ।

उनले जनभावनाको कदर गर्न नसक्दा विगतका संविधानको अस्तित्व सकिएको बताएका छन् । उनले अव बन्ने संविधानले त्यो गर्न नसके संविधान कागजको खोस्टा मात्र हुने टिप्पणी गरे । विगतका आन्दोलनको भावनालाई उल्ट्याउने प्रयासमा सत्ता पक्ष लागेको उनको भनाई थियो । सत्ता पक्षलाई तिहाई छ भनेर यो हठ नदेखाउन यादवले चेतावनि दिए। ३६ सालमा जनमत संग्रहमा निर्दलले जितले पनि जनताले त्यसलाई इतिहासमा पछि धकेलिदिएको उनले बताए। वहुमतको आधार खोज्ने हो भने पञ्चको हालत हुने चेतावनि दिए ।

पहिचान र विविधतालाई आत्मसात गर्न नसक्नु ठूलो गल्ति हुने उनले बताए। यादवले पहिचान सहितका स्वायत् प्रदेश हुनुपर्ने बताए ।
परिवर्तकारी शक्तिहरुवीच वार्ताबाट पहिचान सहितको संघीयता बन्छ भने आफूहरु तयार रहेको उनले बताए । यदि त्यसो भएन भने वार्ताको अर्थ छैन विद्रोहबाट संविधान बन्ने छ, यादवको भनाइ थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने