बंगलादेशमा अमेरिकी ब्लगर अभिजित रोयको हत्या

१६ फाल्गुन २०७१, शनिबार २१:०५ मा प्रकाशित

ढाका, बीबीसी, १६ फाल्गुन । बंगलादेशको राजधानी ढाकामा लोकपि्रय अमेरिकी ब्लगर अभिजित रोयलाई अज्ञात समूहले छुरा प्रहार गरी हत्या गरेको छ। उनी ‘मुक्तो मोन (स्वतन्त्र मन)’ को नामबाट ब्लग साइट सञ्चालन गर्थे। उनी त्यसमार्फत कट्टरपन्थी धार्मिक समूहको आलोचना गर्थे।

ढाका विश्वविद्यालयमा लागिरहेको पुस्तक मेलाबाट र्फकने क्रममा सडक छेउको चिया पसलतर्फ गइरहँदा उनीमाथि आक्रमण भएको प्रहरीले जनाएको छ। आक्रमणमा पत्नी रफिदा अहमद पनि घाइने भएकी छन्। आक्रमणकारीहरू हतियार छाडेर भाग्दै भीडमा बेपत्ता भएका थिए। हतियार बरामद भएको र उक्त हत्याको प्रशंसा गर्ने स्थानीय इस्लामिक समूहबारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ। कोही पनि पक्राउ परेका छैनन्। केही दिनदेखि अभिजितलाई इस्लामिक अतिवादीहरूबाट ज्यान मार्ने धम्की आइरहेको परिवार र मित्रजनले जनाएका छन्। उनी बंगाली भाषाको आफ्नो ब्लगमा धर्मनिरपेक्ष, विज्ञान र सामाजिक मुद्दामा स्वतन्त्र विचार राख्थे।

उनले हालैको एक फेसबुक पोस्टमा अवैज्ञानिक र अविवेकशील विश्वासको विरोध गर्नु तर्कशील अवधारणा हो भन्दै नास्तिकवादको बचाउ गरेका थिए। उक्त वेबसाइट शुक्रबार खुलेन। उनी यही महिना पुस्तक मेलामा सहभागी हुन अमेरिकाबाट बंगलादेश फर्केका थिए। दुई वर्षको अवधिमा बंगलादेशमा हत्या गरिएका उनी दोस्रो ब्लगर हुन्।

यसअघि सन् २०१३ मा इस्लामिक कट्टरपन्थी समूहले ब्लगर अहमद रजीव हैदरको हत्या गरेका थिए। रोय र हैदर दुवैको हत्यामा समानता भएको प्रहरीले जनाएको छ। उक्त हत्याको समर्थनमा त्यतिबेला अभिव्यक्ति स्वतन्त्रताका हिमायती र विरोधी धार्मिक कट्टरपन्थीहरूले आ-आफ्नै ढंगले विरोध प्रदर्शन गरेका थिए। रोयको हत्यालाई त्यहाँ बढो रूढिवादी र असहिष्णुताका रूपमा हेरिएको छ।

ब्लगरको हत्याप्रति शोक व्यक्त गर्न राजधानी ढाकामा सयौं विद्यार्थी भेला भए। उनले मुस्लिम बहुल बंगलादेशमा धर्मनिरपेक्ष र मानवतावादी लेखलाई प्रोत्साहन गर्न सन् २००० मा मुक्तो

मोन -प|mी माइन्ड)’ ब्लग स्थापना गरेका थिए। उनी पेसाले इन्जिनियर हुन्। ‘उनी एक विचारक, अदभुत ज्ञानको भण्डार, वैज्ञानिक र इन्जिनियर थिए,’ निकट मित्र तथा ढाका विश्वविद्यालयका प्राध्यापक अनवर होसैनले भने।

बंगलादेशमा नास्तिक लेखक र ब्लगर्सलाई ज्यानको धम्की दिनु नयाँ होइन। सन् १९९० को मध्यतिर चर्चित लेखिका तसलिमा नसरिनले यही कारणले मुलुक छाड्नुपर्‍यो। ‘अन्य स्वतन्त्र विचारहरूजस्तै अभिजित पनि मारिए, बंगलादेशमा स्वतन्त्र विचार सुरक्षित छैनन्,×’ उनले आफ्नो ब्लग्ामा लेखेकी छन्, ‘इस्लामिक आतंकवादीहरूलाई जे मन लाग्छ, त्यही गर्छन्, उनीहरू केही नसोची जनहत्या गर्छन्।’

प्रतिक्रिया
सम्बन्धित खवर

हङकङ । चीनको उच्च कानून निर्माता निकाय नेशनल पिपुल्स कांग्रेस एनपीसीले हङकङमा राष्ट्रवादीले मात्रै शासन गर्न पाउने योजना सार्वजनिक गरेको

यंगुन । म्यान्मारमा हिजो बुधवार सैनिक कू विरुद्ध प्रदर्शनमा उत्रिएका ३८ जनाको मृत्यु भएको छ । घटनालाई संयुक्त राष्ट्रसंघले सेनाले

बेइजिङ । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।

मस्को । संयुक्त राष्ट्रसंघले रुसी बिपक्षी नेता अलेक्सी नाभाल्नीलाई बिष सेवन गराईएको बिषयमा छानविन गर्न माग गरेको छ । संयुक्त