विश्वकप क्रिकेट : अष्ट्रेलिया र न्यूजिल्याण्ड खेल्दै

१६ फाल्गुन २०७१, शनिबार २१:०१ मा प्रकाशित

काठमाडौं, १६ फागुन । विश्वकप क्रिकेटमा अहिले न्युजिल्याण्ड र अस्ट्रेलियाबीचको खेल भैरहेको छ । एडेनपार्कमा भर्खरै सुरु खेलमा अस्ट्रेलियाले टस जितेर व्याटिङ् रोजेको छ ।

विश्वकपमा दुई आयोजक टोली एकै समुहमा प्रतिस्पर्धा हुन लागेको यो दास्रो पटक हो । यसअघि सन् १९९२ मा न्युजिल्याण्ड र अस्ट्रेलियाबीच प्रतिस्पर्धा भएको थियो । बंगलादेशविरुद्धको खेल वर्षाका कारण रद्द भएपछि अस्ट्रेलियालाई निकै घाटा लागेको थियो । आज न्युजिल्याण्डलाई हराएर अंक तालिकाको दोस्रो स्थानमा पुग्ने लक्ष्यका साथ अस्ट्रेलिया मैदानमा उत्रिएको छ । लगातार तीन खेल जित्दै शीर्ष स्थानमा रहेको न्युजिल्याण्ड पनि अपराजित यात्रालाई निरन्तरता दिने योजनामा छ ।

यसैगरी भारत र यूएइबीचको खेल दिउँसो सवा १२ बजे सुरु हुनेछ । समुह बी मा भारतले तीन खेल जित्दै शीर्ष स्थान बलियो पारेको छ । यूएई अहिलेसम्म जितबिहिन छ । आजको खेल जितेर क्वाटरफाईनलमा पुग्ने भारतको लक्ष्य छ भने अहिलेसम्म कुनै खेल नजितेको यूएई जीत दर्ता गराउने सोचमा छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आईसीसी विश्वकप लिग २ अघि आज  नेपाल र  क्यानडा एकदिवसीय क्रिकेट खेल खेल्दै छन् । खेल नेपाली समयअनुसार राति पौने

काठमाडौँ । भारतसँगको पाँचौँं तथा अन्तिम टेस्ट खेलमा घरेलु टोली इङ्ल्याण्डले उत्कृष्ट प्रदर्शन गरेको छ । चौथो दिनको समाप्तिमा ३७८

काठमाडौँ । क्यानाडा भ्रमणमा रहेको नेपालले टि२० अभ्यास खेलमा ओन्टारियो क्रिकेट क्लबमाथि शानदार जित हात पारेको छ । आइतबार राति ओन्टारियोलाई

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले शुक्रबार बेलुका गरेको एक ट्विटले सामाजिक सञ्जाल तताएको छ । सन्दीपले

आजको प्रमुख समाचार