काग्रेसलाई आदीबासी जनजाती नेताको चेतावनी, जातीय मुद्दा संबोधन नगरे नयाँ पार्टी खोल्छौ

२४ जेष्ठ २०६९, बुधबार १९:३३ मा प्रकाशित

काठमाडौ, २४ जेठ । नेपाली काग्रेसका जनजाती आदीबासी नेताहरुले पार्टीले जातीय पहिचानको मुद्दालाई तत्काल सम्बोधन नगरे काग्रेस छाडेर नयाँ पार्टी खोल्ने चेतावनी दिएका छन् ।
आज पार्टी मुख्यालय सानेपामा सभापति सुशिल कोइरालालाई ११ बुँदे ज्ञापन पत्र बुझाउँदै पार्टीले जातीय पहिचानको मुद्दा संबोधन गर्न नसकेको भन्दै तत्काल सम्बोधन नगरे अगामि निर्वाचनमा काग्रेसले अहिले प्रत्यक्ष तर्फबाट ३५ सिट जितेकोमा १५ सिटमा झर्ने चेतावनी डीवी लामाले चेतावनी दिए ।

लामाको नेतृत्वमा मगर, तामाङ र लिम्बु संघसहित ७ वटा जातीय संगठनहरु ज्ञापन पत्र बुझाउन गएका थिए ।
जवाफमा सभापति कोइरालाले काग्रेस जातीय पहिचान र संघीयता विरोधी भएको भनेर बदनाम गर्ने उद्देश्यले गलत र भ्रामक प्रचार गरिएको भन्दै यस्तो षडयन्त्रमा नफस्न सचेत गराए  । उनले जनजाती आदीबासी नेताहरुले उठाएको मुद्दामा पार्टी सकारात्मक भएको स्पष्ट पार्दै पार्टी ले छिट्टै यसलाई सम्बोधन गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौँ । नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ । कांग्रेसको क्रियाशील सदस्यता

काठमाडौं । चौधौं महाधिवेशनको निकट आइपुगेको दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्न लागेको छ। आज बिहान ९ बजे