एमाआवादी अध्यक्ष दहालले भने, ‘एमाले काँग्रेसमा विलिन भए हुन्छ’

१६ फाल्गुन २०७१, शनिबार २०:५६ मा प्रकाशित

काठमाडौ, १६ फागुन । एमाआवादी अध्यक्ष पुष्पकमल दहालले सत्ताधारी दल काँग्रेस र एमालेका लागि यो अन्तिम समय हो भन्दै समयमा बुद्धि नपुर्याए यो खबरदारीसभा विद्रोहसभामा परिणत हुने चेतावनी दिएका छन् ।
३० दलीय गठबन्धनले आज राजधानीको खुलामंचमा आयोजना गरेको सभालाई सम्बोधान गर्दै अध्यक्ष दाहालले भने, यो खबरदारी सभा हो । खबरदारी गर्ने ठाउँमा आएका छौ । अधिकार दिइएन भने खबरदारी सभा विद्रोहसभामा परिणत हुन्छ । यसलाई कसैले रोक्न सक्दैन ।’ आजको यो जनसभाबाट सत्ताधारी दलले भोली र पर्सी के निर्णय लिन्छन् त्यो हेर्न बाँकी रहेको बताउँदै अध्यक्ष प्रचण्डले अब पनि प्रकृया भङ्ग गरी संवाद समितिमार्फत सहमतिको सविधान निर्माण गर्न तयार भएन भने यसको नतिजा काँग्रेस र एमालेले व्यहोर्नु पर्ने चेतावनी दिए ।
यो सविधानसभा मंसिर ४ गतेको चुनावबाट आएका होइन । आदिवासी जनजाति, मधेशी, मुस्लिम उत्पीडित ३० हजार बलिदानको जगबाट यो सविधानसभा आएको बताउँदै अध्यक्ष प्रचण्डले काँग्रेस र एमालेले मंसिर ४ गतेको चुनावबाट सविधानसभा आएको भनि दृष्टिभ्रम पालेर बसेको आरोप लगाए । उनले एमाले पार्टी एमाले पार्टी नरहेको आरोप लगाउँदै काँग्रेसको एजेण्डामा आत्मसमर्पण गरेको आरोप समेत लगाए । दाहालले भने, काँग्रेस र एमाले दुईटा पार्टी हो भने भ्रम आजबाट हटोस् । यो एउटै पार्टी हो । पार्टीको विचार हुन्छन् । तर एमाले पार्टी विचार विहिन भएको छ । एमाले पार्टी नेपालमा चाहिने पार्टी नै होइन । काँग्रेसमा विलिन भए हुन्छ ।’
उनले स्व.गिरीजाप्रसाद कोइरालालाई सम्झदै भने, गिरीजाबाबुको अन्त्यसँगै शान्ति सम्झौता, मधेश आन्दोलनपछि भएको सम्झौता, आदिवासी जनजातिसँग भएको सम्झौता पालन नगर्ने काँग्रेस र एमालेले जुन दुष्हास गरेका छन् त्यो उनीहरुका लागि लागि ठूलो भूल हुनेछ ।’ उनले गिरीजा प्रसाद कोइरालासँग भएको सम्झौतालाई एकपटक सम्झन सत्ताधारी दलहरुलाई आग्रह गर्दै सम्झौताहरु कार्यान्वयन गर्न माग पनि गरे ।
एकात्मक सामन्ति सोचका कारण काँग्रेस र एमालेका नेताहरुले मधेशीलाई देख्ने वित्तिकै नेपाली ठान्दैनन् । स्वायत्त मधेश प्रदेश माग्यो भने मधेशीलाई सत्रु ठान्छन्, उनले प्रश्न गर्दै भने, ‘आफ्नो अधिकार माग्नु भनेको देश टुक्र्याउनु हो ? होइन । अधिकार दिएपछि राष्ट्रिय एकता बलियो हुन्छ । काँग्रेस र एमालेले मधेशीको छुटै प्रदेश बनाउन खोजेका छन् भने पहाडिको लागि छुटै प्रदेश बनाउन चाहेका छन् । हामीले सबै समुदायको मिसिएको राज्य बनाउन चाहेका छौ । मधेशबाट अलग गर्न झापा, मोरग र सुनसरी अलग गर्नु भनेको पहाडलाई मधेशबाट हटाउनु हो ।’
अध्यक्ष प्रचण्डले देशमा अहिलेको जस्तो भ्रष्टाचार कहिले पनि नभएको दावी गर्दै यो कुरा प्रधानमन्त्री सुशिल कोइरालाले पनि स्वीकार गरेको तर भ्रष्टाचारीलाई कारवाही गर्न नसकेको अरोप लगाए । उनले बलत्कारीलाई मृत्यू दण्ड दिनुपर्ने पनि माग गरे । उनले शान्तिपूर्ण र व्यवस्थित र्यालीमाथि सरकारले लाठी र आश्रु प्रहार गरी आन्दोलनकारीलाई घाइते बनाएको भन्दै त्यसको भत्र्सना पनि गरे । उनले आफू प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि जनसभा शान्तिपूर्ण र व्यस्थित हुने कुराको जानकारी गराएको तर उनीहरुले त्यसको कुनै वास्ता नगरेको पनि आरोप लगाए ।
एमाओवादीका नेता डा.बाबुराम भट्राईले बाबुराम भट्राईले सहमतिको आधारमा सविधानसभाबाट नै सविधान निर्माण हुनुपर्ने कुरामा जोड दिए। उनले रगतबाट साटेर ल्याएको सविधानसभालाई त्यतिकै खेर जान नदिने बताउँदै पहिचानसहितको संघीयता र संघीयतासहितको सविधान निर्माणको लागि जस्तो सुकै संघर्ष गर्नुपर्ने संघर्षका लागि तयार रहेको चेतावनी दिए ।
नेता भट्टराईले बाघ दुब्लाएपनि बाघ नै हुन्छ विरालो हुँदैन, हाती दुव्लाएपनि हात्ती नै हुन्छ मुसो हुँदैन भन्दै एमाओवादी नेतृत्व ३० दलीय गठबन्धनलाई कमजोर नठान्न सत्ताधारी दलका नेताहरुलाई चेतावनी दिए । यो सविधानसभाबाट सविधान बन्दैनन् भने आउने पुस्ताले ५० वर्ष थप लड्नुपर्छ भन्दै यसै सविधानसभाबाट सविधान निर्माण गर्न उनले आग्रह गरे ।
उनले काँग्रेस र एमालेको गठबन्धनलाई अपवित्र गठबन्धन भन्दै ती दलले कात्तिक ९ गते ल्याएको नौ बुँदे प्रस्ताव ०४७ सालको सविधानको नयाँ संस्करण रहेको आरोप लगाए । उनले काँग्रेस र एमाले ०४७ सालको सविधान ल्याउन खोजेको आरोप पनि लगाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ । फागुन १०

नेपाल फ्रान्स कुटनीतिक सम्बन्ध स्थापनाको ७०औ वर्षगाँठको उपलक्ष्यमा प्रकाशित स्मारिका “कर्म” को नेपालस्थित फ्रान्सेली राजदूत फ्रन्स्वा जाभिए लेजेर पेरिसस्थित नेपाली

काठमाडौं । पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन

काठमाडौं । सरकारले फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ