एसिड प्रहार गर्ने विरुद्ध कडा कारबाही हुन्छ: प्रम कोइराला

१६ फाल्गुन २०७१, शनिबार ०८:५१ मा प्रकाशित

प्रकाश अधिकारी,  काठमाण्डौं, १६ फागुन । प्रधानमन्त्री सुशील कोइरालाले छात्राहरुमाथि एसिड प्रहार गर्ने विरुद्ध कडा कारबाही हुने बताउनु भएको छ । प्रधानमन्त्री कोइरालाले सो कुरा आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियू लगायत विद्यार्थी संगठनहरुको तर्फबाट संयुक्त रुपमा प्रस्तुत गरिएको ज्ञापन पत्र बुझ्दै बताउनु भएको हो । प्रधानमन्त्री कोइरालाले यस घट्नाबारेमा सरकार गम्भीर भएको बताउदै छिट्टै दोषि पक्राउ पर्ने बताउनु भयो । उहाँले यस्ता घटना दोहोरिन नदिन कानून कडा बनाउन आवश्यक भएको पनि बताउनु भयो । उहाँले यसको केही सूचना पीडितलाई पनि हुने भएकोले पीडितका तर्फबाट सुचना लिएर सरकारलाई सहयोग गर्न पनि आग्रह गर्नुभयो । उहाँले प्रहरी र प्रशासनले दोषी पक्राउ गर्न तदारुकताको साथ लागेको पनि बताउनु भयो । उहाँले महिला हिंसाका पीडकहरुलाई कडा दण्ड र सजायको व्यवस्था हुने गरी कानून संशोधन गरिन लागेको पनि बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ । सो समूहको

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका दुईजना अध्यक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगेर भेटवार्ता गरेका छन्