प्रधानमन्त्री कोइरालासंग बेलायती राजदूतको बिदाई भेट

१६ फाल्गुन २०७१, शनिबार ०८:४८ मा प्रकाशित

काठमाडौं, १६ फागुन । प्रधानमन्त्री सुशील कोइरालासंग नेपालका लागि संयुक्त अधिराज्य( बेलायत)का राजदूत एन्ड्रयू स्पार्क जेम्सले शुक्रबार  प्रधानमन्त्री निवास बालुवाटारमा बिदाई भेट गर्नुभएको छ ।
भेटका अवसरमा राजदूत जेम्सको कार्यकाल, नेपाल–बेलायतको कुटनीतिक सम्बन्ध र नेपालको राजनीतिक अवस्थाको बारेमा कुराकानी भएका थियो ।
भेटमा प्रधानमन्त्री कोइरालाले आफू मुलुकमा लोकतन्त्रको संस्थागत विकास,संविधानको निर्माण,शान्ति, स्थायित्व र विकासका लागि समर्पित भएर लागेको बताउदै भन्नुभयो,“ मलाई पदप्रति मोह छैन, संविधान जारी भएपछि मैले प्रधानमन्त्रीको पद छोड्छु भनेको छु ।”उहाँले आउने संविधानमा सबै आदिवासी,जनजाति,दलित,मधेशी,मुस्लिम,पिछडाबर्ग,सीमान्तकृत,थारु लगायत सबै नेपालीका पहिचान,धर्म,संस्कृति,परम्परा,भेषभूषा,भाषाको संरक्षण र सम्बर्धनको अधिकार सुरक्षित रहने विश्वास दिलाउनु भएको थियो ।
सो अवसरमा प्रधानमन्त्री कोइरालाले लोकतान्त्रिक संविधान निर्माण हुनेमा आफू विश्वस्त रहेको पनि बताउनु भयो । उहाँले राजनीतिक दलहरुका बीचमा अहिले देखिएको मतभेद पनि अन्त हुने बताउनुभयो । उहाँले भन्नुभयो,“ शान्तिप्रकृयाका जटील मानिएका हतियार व्यवस्थापन र लडाकू समायोजन जस्ता विषयमा सहमति, सहकार्य, एकता, सम्वाद,मेलमिलापका माध्यमबाट समाधान भएको नजीर हामीले कायम गरेका छौ ।”
उहाँले संविधान निर्माणमा सहमति जुट्न बाँकी रहेका विषयहरुलाई समाधानतर्फ ल्याउने प्रयास भैरहेको बताउनु भयो । उहाँले प्रतिपक्षसंग पनि संवाद कायम रहको उल्लेख गर्नुभयो ।
सो अवसरमा बेलायती राजदूत जेम्सले विपरीत ध्रुवमा रहेका राजनीतिक शक्तिहरुलाई एक ठाँउमा ल्याउन प्रधानमन्त्री कोइरालाले गर्नुभएको प्रयासको सराहना गर्नुभएको थियो । उहाँले प्रधानमन्त्रीलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गर्न सफलता प्राप्त हुन सकोस् भन्ने शुभकामना पनि व्यक्त गर्नूभएको थियो ।
सो अवसरमा राजदूत जेम्सले आफ्नो नेपाल बसाई स्मरणीय रहेको नेपालप्रति भावनात्मक सम्बन्ध कायम भएको बताउनु भयो ।उहाँले सुन्दर मुलुक नेपालले आफूलाई सधैभरी आकर्षित गरिरहने पनि बताउनु भयो । उहाँले आफ्नो कार्यकालमा स्वास्थ्य र शिक्षाजस्ता क्षेत्रमा काम गर्न पाएको र नेपाल– बेलायतबीचमा दौत्य सम्बन्ध कायम भएको द्व्ी शताब्दीका कार्यक्रमहरु तय भएको पनि बताउनुभयो ।

यसैबीच रक्तदाता एवं दिन दुखीका सहयोगी मैनालीले हद्धयघातबाट मृत्यु भएका पत्रकार सञ्जीव घिमिरेका बच्चाहरुको लालनपालनकालागी समेत नेपाली रुपिया १० हजार रुपैयाँ सहयोग गरेका छन् । स्मरण रहोस दानबिर रक्तदाता अर्जुन मैनालीले डायस्पोराको नेपालीलाई रक्तदान अभियान चलाउनुको अतिरिक्त आफ्नो नियमित आम्दानीबाटै मातृभूमि नेपालका सयौं दिन दुखिलाई आर्थिक सहयोग पुर्याउदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज पुनः झापा जाँदै छन् । आइतबार झापा गएका प्रधानमन्त्री ओली मङ्गलवार पुनः झापा

काठमाडौँ । स्वास्थ्य उपचारका लागि नयाँ दिल्लीमा रहको पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई आज स्वदेश फर्किन लागेका हुन् । न्युरो–इन्डोक्राइनको

सिओल । बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई सुदूरपश्चिम समाज कोरियाले रु दुई लाख ८३ हजार ५०० आर्थिक सहयोग

काठमाडौं । नेपाल आयल निगमले हिजो सोमबारदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका प्रवक्ता विनितमणि