कर्णेल लामाको मुद्धाको अन्तिम सुनुवाई आगामी मंगलबारदेखि

१६ फाल्गुन २०७१, शनिबार ०८:०४ मा प्रकाशित

लण्डन, १६ फागुन । युद्ध अपराध गरेको अभियोगमा बेलायतमा पक्राउ परेका नेपाली सेनाका कर्णेल कुमार लामाको मुद्धाको अन्तिम सुनुवाई मंगलबारदेखि सुरु हुने भएको छ । सेन्ट्रल लन्डनस्थित सेन्ट्रल क्रिमिनल कोर्ट, ओल्ड बेलीमा मंगलबारबाट लामाको मुद्दामाथि अन्तिम सुनुवाई सुरु हुन लागेको हो । सशस्त्र द्वन्द्वकालमा मानवअधिकार हनन गरेको अभियोगमा लामालाई गत बर्षको जनवरी पहिलो साता बेलायतमा पक्राउ गरिएको थियो। राष्ट्रसंघिय मिसनको शान्ति सेना अन्तर्गत सुडान मिसन प्रमुख रुपमा  कार्यरत लामा बेलायतमा रहेकी आफ्नी श्रीमती र परिवार भेट्न आएका बेला बेलायतमा पक्राउ पक्राउ परेका थिए । कर्णेल लामाले माओबादी युद्धकाल शन २००५ ताका कपिलबस्तुस्थित सेनाको नियन्त्रणमा रहेको बेला स्थानिय जनक राउत र करिम हुसेनलाइ यातान दिएको आरोपमा बेलायती सुरक्षा दस्ताले शन २०१३ मा लण्डनमा पक्राउ गरेको थियो । कर्णेल लामा युद्ध अपराध सम्बन्धि अन्तराष्ट्रिय कानुनको धारा १३४ उपधारा १ अन्तर्गत पक्राउ परेका हुन् । यद्यपी नेपाल सरकार र नेपाली सेनाले कर्णेल लामाले यसै अभियोगमा नेपाली अदालतबाट दण्ड पाइसकेको हुँदा उस्तै प्रकृतिको एउटै मुद्धामा फरक देशमा रहेकै कारण दोहोरो दण्ड कायम हुन नसक्ने दावी गर्दै आएको छ । यस अघि गत अगष्टमा भएको प्राराम्भिक सुनुवाईबाटै अन्तिम टुग्गो लगाइने बताइए पनि लामाको मुद्दा हेरिरहेका न्यायाधीशले पूर्ण इजलासबाट फैसाल हुनुपर्ने निर्णय सुनाउदै आउदो मंगलबारका लागि सुनुवाइको मिति तय गरेका थिए । लामाको मुद्दा आगामी मंगलबार सेन्ट्रल क्रिमिनल कोर्ट, ओल्ड बेलीमा १२ जनाको जुरीमा सुनुवाइ हुँदैछ। पीडितका तर्फबाट प्रत्यक्षदर्शीका रुपमा बयान दिन अधिवक्ताद्वय मन्दिरा शर्मा र कोपिला ढकाल लण्डन आइपुगेका छन् । लामाको सुनुवाई कम्तिमा दुई साता सम्म चल्न सक्ने र अन्तिम फैसला हुन थप एक महिना लाग्ने अनुमान गरिएको छ । लामाको मुद्दा हेरिरहेका कानुन ब्याबसायी बबी चिमाले दिएको जानकारी अनुसार युद्ध अपराधमा पक्राउ परेका लामाले सेनाको तर्फबाट युद्धकालमा कुनै घटना विशेषमा भुल भएको हुन सक्ने बताएको तर आफुले नियोजित तवरले त्यस्तो पिडा दिने काम नगरेको र यसै घटनामा नेपाली कानुन अनुसार दण्ड पाइसकेको हुँदा उस्तै र एउटै प्रकृतिको मुद्धामा फरक देशमा रहेकै कारण दोहोरो दण्ड कायम हुन नसक्ने दलिल प्रस्तुत गर्ने बताएका छन् । यद्यपि लामाको मुद्धामा संलग्न जुरीले भने राष्ट्रसंघिय कार्यदलले तयार पारेको प्रतिवेदनमा आधारित रहेर सुनुवाई हुने जानाकरी दिएको छ । पीडितका तर्फबाट मुद्दा हेर्न लन्डन आइपुगेका अधिबक्ता द्वय मन्दिरा शर्मा र कोपिला ढकालका अनुसार सार्वभौम सत्ता सम्पन्न मुलुकको अदालतले गरेको फैसलालाई अर्को मुलुकले मान्यता दिनुपर्ने, नेपाली सेना र कर्नेल लामाले यातनाविरुद्धको महासन्धि कन्भेन्सन अगेन्स्ट टर्चर (क्याट) का बुँदा पालना गरेको, युद्ध अपराधसम्बन्धी विश्वव्यापी सन्धिको पालना गरेको जस्ता दलिल सहित बयान केन्द्रित गर्ने बताएका छन । धरौटीमा रिहा भएका लामा बेलायतमा परिवारसहित रहेर आफ्नो मुद्दा लडिरहेका छन् । यद्यपि बेलायती प्रहरीको निगरानीमा रहेका कर्नेल लामालाई वेलायत छाड्ने अनुमति भने दिइएको छैन।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।निर्वाचन घोषणाको सवालमा सत्तारूढ गठबन्धन संविधान र कानूनको परिपालना भन्दा पनि बढी नाफा र घाटाको जोडघटाउमा लागेको छ । कानून

दाङ। कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि दाङमा अग्रपंक्तिमा रहेर काम गर्नेहरूलाई खोप दिन थालिएको छ । स्वास्थ्यकर्मी, सपाइकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई

सुर्खेत। कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री भएको करिब चार महिनापछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक

दाङ। कोरोना संक्रमण दर बढ्दै जाँदा नागरिक स्तरबाट भने स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा गम्भीर लापर्वाही देखिएको छ । स्वास्थ्य क्षेत्रका जानकारहरूले कोरोना संक्रमणबाट