प्रधानमन्त्रीमा छटपटाहट, पूर्व प्रधानमन्त्रीहरुसँग सहयोगकोलागी गुहार

२४ जेष्ठ २०६९, बुधबार १९:२१ मा प्रकाशित

काठमाडौ, २४ जेठ । निरकुंशता तर्फ उद्यत रहेको भन्ने आरोप खेपिरहेका प्रधानमन्त्री डा बाबुराम भट्टराईले पूर्व प्रधानमन्त्रीहरुसँग गुहार माग्न थालेका छन् । उनले आज पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र माधवकुमार नेपालसँग भेटर सहयोगको याचना गरेका छन् ।
यसक्रममा नेकपा एमालेका बरिष्ठ  नेता माधवकुमार नेपालले प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई पद त्यागेर सहमतिको बातावरण निर्माण गर्न सुझाव दिएका छन् ।
नेता नेपाललाई भेटन उनकै निवास कोटेश्वर पुगेका प्रधानमन्त्रीलाई उनले त्यस्तो सुझाव दिएका हुन ।
नेपालले पद त्याग नगरी प्रधानमन्त्रीसँग कुनै पनि रुपको औपचारिक वार्ता र सामूहिक बार्ता हुन नसक्ने भन्दै पद तयाग गरेर सहमतिकोलागी सार्थक बार्ता थालन प्रधानमन्त्रीलाई भनेका थिए ।
दलहरुसँग सहमति नै नगरी एकलौटी रुपमा निर्वाचनको घोषणा गरेर प्रधानमन्त्रीले शासन प्रणालीमै गंभिर गल्ती गरेको भन्दै संविधानसभा विघठन र संविधान जारी नहुनुको जिम्मेवारी लिन भनेका थिए ।
प्रधानमन्त्रीले भने आफू पदमा टासिएर रहने पक्षमा नरहेको भन्दै दलहरुले सहमति गरे तत्कालै पद त्याग्न तयार रहेको स्पष्ट पारेका थिए । उनले आफू कामचलाउ सरकारको रुपमा रहेकोले राजिनामा भन्ने कुराको अर्थ नरहेको भन्दै सहमतिको राजनीति सुरु गर्न सुझाव दिएका थिए ।
यता पूर्वप्रधानमन्त्री तथा कांगे्रसका वरिष्ठ नेता शेरबहादुर देउवाले अहिले देखिएको संवैधानिक र राजनीतिक संकट समाधानका लागि केही समयका लागि भए पनि संविधानसभा ब्युँताउने गरी छलफल चलाउनु पर्ने बताउनु भएको छ । नेता देउवालाई भेट्न उहाँकै निवास बुढानिलकण्ठ पुग्नुभएका प्रधानमन्त्री डा बाबुराम भट्टराईसँग उहाँले अहिलेको समस्या समाधानका लागि दलहरुबीच सहमति जुटाई त्यसलाई पारित गराउन थोरै समयका लागि भए पनि संविधानसभा ब्यूताउनु पर्ने सुझाव दिनुभएको हो । उहाँले एकल निर्णय गरेर चुनाव गर्न लागिएकोमा प्रधानमन्त्री र माओवादीको आलोचना पनि गर्नुभयो । त्यसक्रममा प्रधानमन्त्री भट्टराइले आफू सहमतिको बाधक नभएको बताउँदै अब फेरि दलहरुबीच सहमतिका लागि पहल थालिने बताउनुभयो ।
पूर्वप्रधानमन्त्रीहरुलाई भेट्ने क्रममा डा भट्टराइले अहिले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालगंग भेट्दै हुनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।