एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाको ‘शक्ति प्रदर्शन’ भोलि

१५ फाल्गुन २०७१, शुक्रबार २१:५३ मा प्रकाशित

काठमाडौं, १५ फागुन । एमाओवादी नेतृत्वको मोर्चाले भोली राजधानीमा शक्ति प्रदर्शन गर्दै छ । संविधान निर्माण प्रक्रियालाई जबर्जस्ती प्रक्रियामा लगेर संविधानसभाका सुत्रधार शक्तिलाई बाईपास गर्न खोजेको भन्दै एमाओवादी र मधेशवादीसहित तीस दलीय मोर्चाले शनिबार राजधानीमा दबाबमुलक शक्ति प्रदर्शन गर्न लागेको हो ।

शक्ति प्रदर्शनका लागी तीस दलीय मोर्चाले राजधानीका विभिन्न स्थानमा जुलुससहित खुल्लमञ्चमा सभा गर्ने भएको छ । शक्ति प्रदर्शनका लागि एमाओवादी मोर्चाले काठमाडौंको माईतिघर मण्डला, चावहिल, बालाजु, कालिमाटी र लगनखेलबाट जुलुस निकल्ने तयारी गरिरहेको छ । मोर्चा सम्वद्ध स्रोतका अनुसार स्वयम्भु डल्लु, वसन्तपुर, त्रिपुरेश्वर, बबरमहल, कुपण्डोल, भृकुटीमण्डप र सोल्टिमोडबाट पनि जुलुस निकाल्ने तयारी गरिरहेको छ ।

मोर्चामा आबद्ध आदिवासी जनजाती नेता कार्यकर्ताहरुले भने सुनधारमा प्रदर्शन गर्ने बताईएको छ । मोर्चाले एक बजेदेखि खुल्लामञ्चमा झाँकी र नृत्यहरु प्रदर्शनसहित मोर्चाका नेताहरुको सम्वोधन गर्ने कार्यक्रम राखेको छ ।

आयोजकहरुले दर्जनौं स्थानहरुबाट जुलुश प्रदर्शन गर्ने भएपछि भोलि राजधानीको यातायातसमेत अस्तव्यस्त हुने देखिएको छ । एक बजेबाट सुरु हुने सभा ४ बजे समाप्त गर्ने कार्यक्रम छ ।

सभामा प्रचण्ड, बाबुराम, उपेन्द्र यादव, विजय गच्छदारलगायतका नेताहरुले सम्बोधन गर्ने भएका छन् । भोलीको कार्यक्रममा मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीलेसमेत ऐक्यवद्धता जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा जाँदै छन् । पुलको शिलन्यास र चीन नेपाल मैत्रिपूर्ण औधोगिक