अख्तियारमा ५ आयुक्तको सिफारिस

१५ फाल्गुन २०७१, शुक्रबार २१:५१ मा प्रकाशित

काठमाडौँ, १५ मंसीर । संवैधानिक परिषद्ले अख्तियार दरुपयोग अनुसन्धान आयोगका आयुक्त नियुक्तिका लागि पाँचजना सदस्य सिफारिस गरेको छ।

शुक्रबार बसेको परिषद बैठकले दीप बस्नेत, नविन कुमार घिमिरे,गणेशराज जोशी,सावित्री गुरुङ,र राजनारायण पाठकलाई अख्तियारको आयुक्तका लागि सिफारिस गरेको मुख्य सचिव लिलामणी पौडेलले बताए। बस्नेत,घिमिरे र जोशी नेपाल सरकारका पूर्व सचिव हुन्। राजनारायण पाठक नायव महान्यायाधिवक्ता र सावित्री गुरुङ प्रध्यापक हुन्।

स्रोतका अनुसार सिफारिस भएका मध्ये पूर्वसचिव नवीन घिमिरे एमालेबाट, भोजपुरकी साबित्री गुरुङ कांग्रेसबाट र गणेशराज जोशी एमाओवादीबाट परेका छन् । त्यस्तै दीप बस्नेत राप्रपाको कोटाबाट सिफारिसमा परेका भने राजनारायण पाठक मधेसी दलहरुको साझा कोटामा सिफारिसमा परेका हुन् ।

उनिहरुको संसदीय सुनुवाईबाट अनुमोदन भए राष्ट्रपतिले नियुक्ति गर्ने छन्। अख्तियारमा अावश्यकता अनुसार अायुक्त नियुक्त गर्न सकिने संवैधानिक प्रावधान छ। उनिहरु संसदीय सुनुवाई बाट अनुमोदन भए अख्तियारमा सात जना अायुक्त हुने छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका