प्राध्यापक सूर्य सुवेदी विश्व आर्थिक मञ्चको सदस्यमा मनोनित

१५ फाल्गुन २०७१, शुक्रबार २१:४९ मा प्रकाशित

धर्मराज अधिकारी, लन्डन, १५ फागुन । बेलायत सरकारको सल्लाहकार रहिसकेका अन्तर्राष्ट्रिय कानुनका ज्ञाता एवम् प्राध्यापक सूर्य सुवेदीको अर्को प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक नीति निर्माणमा कार्यरत संस्थामा मनोनयन भएको छ । बेलायत निवासी प्राध्यापक सुवेदीलाई स्वीट्जरल्याण्डको डाभोसस्थित विश्व आर्थिक मञ्च र जेनेभास्थित अन्तर्राष्ट्रिय व्यापार र दिगो आर्थिक विकास केन्द्रले वैदेशिक लगानी सम्वन्धि अन्तर्राष्ट्रिय नीति निर्माण गर्न गठन गरेको उच्चस्तरिय कार्यसमितिको सदस्यको रुपमा नियुक्ति गरेको हो। यस अघि प्राध्यापक सुवेदीले संयुक्त राष्ट्रसंघको क्याम्बोडियास्थित मानव अधिकार सम्बन्धी बिशेष दूतको रुपमा काम कार्यरत रहेका थिए । प्राध्यापक सुवेदी बेलायतस्थित लिड्स युनिभर्सिटीको अन्तर्राष्ट्रिय कानुनको प्राध्यापक हुन् ।
मनोनयन लगत्तै सुबेदीले भने, ‘आर्थिक लगानी सम्बन्धि ग्लोबल पोलिसी मेकिङ्गको यो कार्यदलमा पाएको नियुक्तिले आफु गौरवान्वित छु ।’ सुबेदीको नियुक्तिसंगै नेपाल सरकाले नीतिगत प्राथमिकतामा लाभ पाउने अपेक्षा गरिएको छ ।
राष्ट्रसंघ अन्तर्गतको अन्तराष्ट्रिय मन्चहरुमा महत्वपुर्ण भूमिका निर्बाह गरेका सुबेदी अन्तराष्ट्रिय समुदाय माझ स्थापित नाम बनेको छ । गैर आवशीय नेपालीसंघ (एनआरएन)को स्थापना र नीति निर्माणमा महत्वपुर्ण भूमिका निर्बाह गरेका प्राध्यापक सुबेदी नेपालमा जारि संबिधान निर्माणमा दोहोरो नागरिकताको पक्षमा बहस गरिरहेका प्राज्ञ एवं गैर आवशीय नेपली समेत हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा