विश्व तेक्वान्दो महासंघका सचिवद्वारा नेपालसँग सहकार्य गर्ने प्रतिबद्धता

२४ जेष्ठ २०६९, बुधबार १९:०९ मा प्रकाशित

पुरु जोशी, दक्षिण कोरिया । कोरियाको पोच्छन सिटीमा यहि मे २५ देखि ३१ सम्म सञ्चालन भएको १६ औं अन्तर्राष्ट्रिय विश्वविद्यालय तेक्वान्दो च्याम्पियनशीपमा नेपालको तर्फबाट भाग लिन दक्षिण कोरिया आईपुगेका नेपालका रेकर्डधारी खेलाडी दिपक बिष्टको संयोजकत्वमा रहेको नेपाली तेक्वान्दो खेलाडीहरु र बिश्व तेक्वान्दो महासंघका सचिव छ्वे मान सिक बीच यहि जुन ५ का दिन भेटबार्ता सम्पन्न भएको छ ।

भेटवार्ताको क्रममा नेपालमा गत सेप्टेम्बरमा सम्पन्न पहिलो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि बिशेष अतिथिको रुपमा नेपाल पुग्नु भएका उनले त्यहिबेला देखि नै नेपाललाई औधी मनपराएको र नेपाल मेरो दोस्रो घर हो भनी नेपाली टोली समक्ष आफ्नो मनको कुरा ब्यक्त गरेका थिए । उनले भने तेक्वान्दो खेल नेपालमा पहिलो नम्बरमा पर्छ र भविष्यमा पनि पहिलो नम्बर मै राख्नुपर्छ । यसका लागि उनले आफ्नो तर्फबाट गर्न सक्ने जुनसुकै सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाए । निकट भबिष्यमै कोरियाबाट अन्तर्राष्ट्रिय स्तरको कोच नेपाल पठाउने बचन ब्यक्त गरेका थिए ।
नेपाल तेक्वान्दो संघ नै बिश्व तेक्वान्दो महासंघले मान्यता दिएको एकमात्र संघ हो भन्ने कुरा ब्यक्त गर्दै उनले भने नेपाल तेक्वान्दो संघसंग आउने दिनहरुमा पनि संधै सहकार्य गर्दै अगाडी बढ्नेछौं ।
सो भेटवार्ताका क्रममा अन्तर्राष्ट्रिय नेपाली तेक्वान्दो संघका अध्यक्ष यादव कुँवर र नेपाल कोरिया ब्यापार संघका अध्यक्ष मदन केसीको पनि उपस्थिती रहेको थियो । कोरियामा अन्तर्राष्ट्रिय नेपाली तेक्वान्दो संघको गठन भएको खबर सुनेर उनी निक्कै खुशी भएका थिए । अन्तर्राष्ट्रिय नेपाली तेक्वान्दो संघको उद्देश्य नेपाल स्थित नेपाल तेक्वान्दो संघसंग सहकार्य र नेपालमा तेक्वान्दो खेलको बिकाश गर्नु रहे अनुरुप बिश्व तेक्वान्दो महासंघको पनि उद्देश्य त्यहि भएको हुनाले उनले भएका कारण उनले नेपालमा तेक्वान्दो खेलको बिकाशका लागि अन्तर्राष्ट्रिय नेपाली तेक्वान्दो संघसंग पनि सहकार्य गर्दे अगाडी बढ्ने कुरा ब्यक्त गरेका थिए ।
दिपक बिष्टको संयोजकत्वमा आईपुगेका सम्पूर्ण खेलाडीहरु आज जुन ६ का दिन चाइना एयरको उडान मार्फत स्वदेश फर्केका छन् भने उनलाई अन्तर्राष्ट्रिय नेपाली तेक्वान्दो संघ कोरियाका अध्यक्ष यादव कुँवरले ईन्छन् एयरपोर्ट पुगी बिदाई गरेका थिए । विश्व तेक्वान्दो महासंघका सचिवद्वारा नेपालसँग सहकार्य गर्ने प्रतिबद्धता

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । टोकियो ओलिम्पिक्समा नेपाली खेलाडीहरूको खेल आजदेखि शुरु भएका छन् । शुटिङमा नेपालकी कल्पना परियारले महिला १० मिटर एयर

टोकियो। जापानको राजधानी टोकियोमा हुन लागेको ओलम्पिक प्रतियोगिताको औपचारिक उद्घाटन आज हुँदैछ । प्रतियोगिता आजदेखि सुरु भई आगामी अगस्ट ८

जापानको राजधानी टोकियोमा हुन लागेको ओलम्पिक प्रतियोगिताको उद्घाटन समारोहमा १५ राष्ट्र र सङ्गठनका प्रमुख सहभागी हुने अपेक्षा गरिएको छ ।

कोलम्बो । भारतले दोस्रो एकदिवसीय खेलमा श्रीलंका विरुद्ध तीन विकेटको रोमाञ्चक जीत हात पारेको छ । यो जीतसँगै ३-१ दिवसीय