कीर्तिमानी तेक्वान्दो खेलाडी संगीना बैद्यलाई सरकारले १५ लाख दिने

१४ फाल्गुन २०७१, बिहीबार २२:३५ मा प्रकाशित

काठमाडौं, १४ फागुन । कीर्तिमानी तेक्वान्दो खेलाडी संगीना बैद्यलाई सरकारले १५ लाख रुपैयाँबाट पुरस्कृत गर्ने भएको छ । युवा तथा खेलकुद मन्त्रि पुरुषोत्तम पौडैलले दिएको जानकारी अनुसार सरकारले बैद्यलाई १५ लाख रुपैयाँबाट पुरस्कृत गर्ने भएको हो ।

यसअघि सरकारले कीर्तिमानी धावनक बैकुण्ठ मानन्धर र तेक्वान्दोका कीर्तिमान खेलाडी दिपक विष्टलाई जनही २५ लाख रुपैयाँ दिएको थियो । बैकुण्ठ र दिपक नेपालबाट दक्षिण एसियाली खेलकुदमा लगातार तीन पल्ट स्वर्ण पदक जित्ने खेलाडी हुन् ।
संगीनाले तेक्वान्दो खेलको विकासमा गरेको योगदानलाई कदर गदै सरकारले पुस्कृत गर्ने निर्णय गरिएको मन्त्री पौडेलले बताए ।

 संगीना नेपाली खेलकुदमा ओलम्पिकको छनोट चरण पार गर्ने पहिलो खेलाडी हुन् । सन् २००४ को एथेन्स ओलम्पिकमा छनोट चरण पार गरेकी संगीनाले सन् १९९६ को एसियन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण जित्न सफल भएकी थिइन ।

२०६६ सालमा खेल जीवनबाट सन्यास लिएकी संगीनाले सन् १९९९ र सन् २००४ दक्षिण एसियाली खेलकुदमा नेपाललाई स्वर्ण दिलाएकी थिइन ।
सरकारको निर्णयबाट संगीनाले खुसी भएको बताइन । उनले भनिन, ‘ओलम्पिक खेलेको १० वर्षपछि पनि सम्मान पाउँदा खुसी छु । यसले नयाँ खेलाडी अझ महिला खेलाडीलाई खेलमा लाग्न प्रोत्साहन दिन्छ । सम्मान गर्ने निर्णय गरेकोमा सरकारलाई धन्यावाद ।’

फागुन २४ गते नारी दिवसको अवसरमा संगीना सँगै दक्षिण एसियाली महिला साफ च्याम्पियनसिप र प्रथम दक्षिण एसियाली आमन्त्रित महिला भलिबलमा रजत पदक जित्ने टोलीलाई सम्मान गरिने मन्त्री पौडेलले बताए ।
फुटबल र महिला टोलीलाई जनही २५ हजार रुपैयाँ र एसियन साम्बो बिच च्याम्पियनसिपमा कास्य जित्ने भगवती माझीलाई सरकारले १ लाख दिने निर्णय यसअघि नै गरिसकेको छ । भगवती पनि पनि सोही कार्यक्रममा पुरस्कृत हुने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । वर्तमान राजनीतिको किंग मेकर मानिएको नेपाली कांग्रेसले अझै प्रष्ट धारणा सार्वजनिक गरेको छैन । हिजो संसदीय दलको बैठकपछि

धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले नेपाल प्रेस युनियन डोटी शाखाले स्थापना गरेको ‘तेजु स्मृति अक्षय कोष’ स्थापनाका लागि आर्थिक सहयोग

कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज