शिकागोमा कवि केशरी चित्तधर “हृदय” : हिजो, आज र भोलि बिषयमा कार्यक्रम सम्पन्न

२४ जेष्ठ २०६९, बुधबार १९:०५ मा प्रकाशित

केशरमान ताम्राकार, शिकागो । नेवा अमेरिकन दबुको आयोजनामा शिकागो पब्लिक लाइब्रेरी, क्लार्कको सभाकक्षमा डा. मनोरंजन धौभडेलको अध्यक्षतामा चित्तधर “हृदय” : हिजो, आज र भोलि बिषयमा एक अन्तर्कृया कार्यक्रम गत शनिबार जून २ को दिन सम्पन्न भयो । उक्त कार्यक्रम कवि केशरी चित्तधर “हृदय” को १०६ जन्म जयन्तिको अवसरमा भएको थियो । नेपालबाट पाल्नु भएका नेपाल भाषा परिषदका सचिंव एवं कवि श्री नबिन चित्रकारबाट कवि केशरी चित्तधर “हृदय” ले देखाउनु भएको बाटोमा हामी सबैले पाइला चाल्नु पर्ने बारेमा जोड दिनुको साथै कवि केशरी एक भाषा सेवी मात्र नभइ भाषिक आन्दोलनकारी पनि हुनु हुन्छ भन्नु भयो । उक्त अवसरमा नेपाल भाषा परिषदका गतिबिधि र भावी योजना बारे पनि प्रकास पार्नु भएको र नेपालको नै महान महाकाव्य सुगत सौरवको महत्वबारे चर्चा गर्नु भयो । दबुका प्रेसिडेन्ट र कथाकार श्री केशरमान ताम्राकारले कवि चित्रकारको परिचय दिइ कार्यक्रम सुरु गर्नु भएको थियो । कवि केशरी चित्तधर हृदयको महाकाव्य सुगत सौरवको एक अंश श्रद्धा कमल ताम्राकार, जुनु तुलाधर र सरिता धौभडेलबाट पढेर सुनाउनु भयो । यस समारोहमा कवि नबिन चित्रकारलाई अमेरिकन नेवा: दबुबाट सगुन दिइ बिशेष सम्मान गर्नु भयो । कार्यक्रमको अन्त्यमा डा. जुनु तुलाधरले कार्यक्रम सफल पार्नु भएकोमा धन्यवाद ज्ञापन गर्नु भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालमा पहिलोपटक चिकित्सासम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको ‘चिकित्सा शब्दसागर’ विमोचन गरिएको छ । डा विपिन नेपाल, विनयकुमार शर्मा, प्रकाशमणि दाहाल

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको

काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो