शिर्ष नेताहरुको भागबन्डा सहित एमालेमा १० केन्द्रिय सदस्य मनोनित

१३ फाल्गुन २०७१, बुधबार २२:०५ मा प्रकाशित

काठमाडौ, १३ फागुन । शिर्ष नेताहरुको सहमतिमा संख्या भागबन्डा गर्दै एमालेले केन्द्रिय समिति सदस्यमा बुधबार १० जनालाई मनोनयन गरेको छ । यद्यपि मनोयनन गर्नुपर्ने पाँच बैकिल्पक केन्द्रिय सदस्य र नेताहरुको कार्यविभाजनको टुंगो भने बिहीबार लगाउने गरी शिर्ष नेताहरुको सहमतिमा संख्या भागबन्डा गर्दै केन्द्रिय समिति सदस्यमा बुधबार १० जनालाई मनोनयन गरेको हो ।
लामो समय देखि एमालेका शिर्ष नेताहरुबीच भागबन्डाको बिषयमा विवाद रहेका कारण मनोयनन प्रक्रिया अबरुद्ध बन्दै आएको थियो । शिर्ष नेताहरुको सहमतिमा स्थायी समितिले मनोनयन गरेका केन्दि्रय सदस्यहरुमा कृष्णगोपाल श्रेष्ठ, केदार न्यौपाने, घनेन्द्र बस्नेत, देवराज घिमिरे, कल्याणी खडका, प्रमेश हमाल, सुमन प्याकुरेल, हरि पराजुली, रामकुमार ज्ञवाली र जया घिमिरे छन् ।

मनोनयन गरिएका १० मध्ये पाँच ओली, तीन माधव नेपाल र झलनाथ खनाल एक र बामदेव गौतम समुहको एक जना सिफारिसमा मनोनित भएका छन् । श्रेष्ठ, न्यौपाने, बस्नेत, देवराज घिमिरे र प्याकुरेल ओली पक्षका हुन् । पूर्व राजदूत हमालको नाममा खनाल र कृषिमन्त्री समेत रहेका पराजुलीको नाममा गौतमले अडान लिएका थिए । बाँकी तीन जना नेपाल समूहसंग नजिक छन् ।

एमालेको महाधिवेशन गत असारमा सकिए पनि पार्टी भित्रको आन्तरिक गुटबन्दीका कारण मनोनयन र कार्यविभाजनको बिषय अल्झिइरहेको थियो । पाँच जना नेताहरुबीच पनि धेरै लामो अनौपचारिक छलफल पछि बुधबार १० जनाको नाममा सहमति भएको थियो । शिर्ष पाँच नेताबीच सहमति भएपछि अध्यक्ष ओलीले स्थायी समितिमा नाम पेश गरेका थिए । उनले पेश गरेको नाम सर्वसम्मतिले पारित भएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कांग्रेस नेता डा.शेखर कोइराला निकट नेताहरूको भेला सुरु भएको छ । केही बेरअघि बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा कोइराला पक्षीय

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा विद्युतिय मतदान यन्त्र (इभीएम) प्रयोग गर्ने भए साउन मसान्तसम्म व्यवस्था

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन् । थाइल्याण्डको थाई स्माइल

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा रु तीन खर्ब ७८ अर्ब नौ