एमाले स्थायी कमिटी अनिर्णित

१२ फाल्गुन २०७१, मंगलवार २३:०३ मा प्रकाशित

काठमाडौ, १२ फाल्गुन । नेकपा (एमाले) को गत साता देखि पर सर्दै आएको स्थायी कमिटीको आजको बैठकले पनि केन्द्रीय कमिटीमा मनोनयन र कार्यविभाजनका कार्यसूचीमाथि निर्णय गर्न सकेन ।

यही फागुन ४ गतेको स्थायी कमिटीको बैठकले ती विषयलाई अन्तिम रूप दिन पार्टीका अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा शीर्ष नेता सम्मिलित टोलीलाई जिम्मा दिएकामा उहाँहरूबीच सहमति हुन बाँकी रहेकाले स्थायी कमिटी अनिर्णित भएको हो ।

एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले आजको बैठकका कार्यविभाजनबारे खासै छलफल नभएको र बुधबार बस्ने अर्काे बैठकले निर्णय गर्ने जानकारी दिए । आज के विषयमा छलफल भयो भन्ने जिज्ञाशामा उनले भने, ‘अन्य कतिपय समसामयिक विषयमा छलफल भयो तर ठोस केही निर्णय भएको छैन ।’ रासस

प्रतिक्रिया
सम्बन्धित खवर

देशभर पछिल्लो २४ घण्टामा थप चार हजार ९६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या शनिबार देखिएको नयाँ

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी १६ माघमा बोलाइएको छ । यसअघि ३ माघमा बस्ने गरी बोलाइएको बैठक कोभिड

नेपाल सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेकका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा

काठमाडौं- विसं १९९० माघ २ गते दिउँसो २:२४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी आज २४औँ