संविधान जारी गर्न विलम्ब गर्नुपर्ने कुनै कारण छैन: एमाले अध्यक्ष ओली

११ फाल्गुन २०७१, सोमबार २१:४७ मा प्रकाशित

काठमाडौँ, ११ फागुन । एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी गर्न विलम्ब गर्नुपर्ने कुनै कारण नभएको बताएका छन् । आफ्नो ६४ औँ जन्मदिनका अवसरमा संचारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले संविधान जारी गर्न नदिने षड्यन्त्र भएरहेको बताउँदै चाँडो संविधान जारी गरेर मुलुकमा कानुनको राज, विकास र लोकतान्त्रिक परिपाटी बसाल्नुपर्नेमा जोड दिए । अध्यक्ष ओलीले भने, ‘साना स्वार्थका लागि देशको दीर्घकालीन हितलाई प्रभावित पार्नु हुँदैन । जनतामा अलमल र भ्रम सिर्जना गरेर आफ्नो दुनो सोझ्याउने काम पनि गर्नु हुँदैन । सबैले मुलुकको समृद्धिका लागि सोच्नुपर्छ ।’ अध्यक्ष ओलीले बाराको कलैयाबाट केही कार्यालयका सेवालाई सिमरामा विस्तार गर्ने सरकारको कार्यलाई केही समूहले अवरोध सिर्जना गरेकामा चिन्ता व्यक्त गर्दै एक ठाउँका जनताको हितलाई सङ्कटमा पार्न अर्काे ठाउँमा अराजकता उत्पन्न गराउने कार्य गलत भएको बताए । उनले सिमरा, सिम्रौनगढ तथा सुनसरीको इनरुवामा पनि सरकारी सेवा विस्तार गर्नुपर्ने बताए । अध्यक्ष ओलीलाई उनको निवासमा पुगेर पार्टीका उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमलगायतका नेता कार्यकर्ताले विभिन्न उपहारसहित जन्मदिनको शुभकामना दिए। यसैगरी, प्रेस चौतारी नेपालका तर्फबाट अध्यक्ष राजेन्द्र अर्यालले नेपालको नक्सामा पूर्वी सिमानाबाट अध्यक्ष ओली सूर्य अंकित झण्डाका साथ उदाएको र पश्चिम सीमानाबाट एकीकरणकर्ता पृथ्वीनारायण शाह उभिएको चित्रअङ्कित तस्विर उपहार हस्तान्तरण गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन