काँग्रेसको कारबाही फुकुवा गर्ने निर्णय

११ फाल्गुन २०७१, सोमबार २१:३९ मा प्रकाशित

काठमाडौं, ११ फागुन । कांग्रेस केन्द्रीय कार्य समितिको बैठकले दोस्रो संविधानसभा सदस्यको निर्वाचनमा बागी उम्मेदवार नबनेका, प्रस्तावक र समर्थक नबसेका नेताहरुको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ । कांग्रेसको यो निर्णयसंगै पार्टीको आगामी भदौ महिनामा हुने १३ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण गर्न र उम्मेदवार बन्न पर्टीका धेरै नेतालाई बाटो खुला भएको छ । बैठक फागुन १३ गते बिहान ८ बजे पुनः बस्ने गरी स्थगित भएको छ । कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले संचार माध्यामलाई दिएको जानकारी अनुसार पार्टीको विभिन्न तहका पदमा उम्मेदवारी बन्न नपाउने गरी लगाइएको बन्देज आदि फुकुवा गरी निजहरुको क्रियाशील सदस्यता निरन्तर रहने गरी नवीकरण गराउने निर्णय भएको छ । फुकुवा भएकाहरुले तेर्हौ महाधिवेशनको प्रक्रियामा हुने पार्टीका सबै तहका निर्वाचनमा भाग लिन पाउनेछन् । प्रधानमन्त्रीसमेत रहेका  सभापति सुशील कोइरालाको अध्यक्षतामा प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठकले नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको कारबाहीमा परी विभिन्न सजाय पाएका र त्यसउपर केन्द्रीय कार्यसमितिमा पुनरावेदन गर्ने व्यक्तिहरुमध्ये केही नेताहरुको सजाय फुकुवा गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कर्मचारी समायोजनसम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसला सार्वजनिक भएसँगै लोकसेवा आयोगलाई सम्पूर्ण परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ ।

काठमाडौँ । काठमाडौँ उपत्यकामा उत्पादन हुने कुहिने फोहर यहीँ नै व्यवस्थापन गर्ने भने पनि हालसम्म स्थान पहिचान हुन सकेको छैन

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित नेता गिरीको आज राति ९:३० बजे

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका