‘एसिड हान्नेलाई कारबाही नगरी हुन्न’: सीमा बस्नेत

१० फाल्गुन २०७१, आईतवार २३:०८ मा प्रकाशित

काठमाडौं, १० फागुन । बसन्तपुरको झोछेस्थित एक ट्युसन सेन्टरमा बसिरहेका दुई जना किशोरीमाथि अज्ञात नकाबधारीले एसिड प्रहार गरेको छ । आइतबार बिहान अध्यनको लागि ट्युसन सेन्टर पुगेकी सीमा र उनका दुई साथी माथि एक अज्ञात नकाबधारीले एसिड आक्रमण गरेको थियो । अनुहार पोल्न थालेपछि आत्तिदैँ घर पुगेकी सीमालाई आमाबुबाले ट्याक्सीमा राखेर वीर अस्पताल पुर्याएका थिए । तत्कालै अनुहारभरि मल्हम लगाइयो । सलाइनमार्फत् औषधी दिएपछि उनलाई राहत अनुभव भएको थियो ।

एसएलसी परिक्षाको तयारी गरिरहेका शान्ति निकुञ्ज स्कुलमा अध्ययनरत उनीहरुमाथि अज्ञात नकाबधारीले एसिड आक्रमण गरेको थियो । रामेछाप खनियापानी ८ घर भई बसन्तपुर बस्ने १६ वर्षकी संगीता मगर र रौतहटकी १५ वर्षीया सीमा बस्नेतमाथि एसिड प्रहार भएको हो ।

प्रहरीका अनुसार आज बिहान अन्दाजी करिब ६ बजे ट्युसन सेन्टरमा बसिरहेको अवस्थामा मास्क लगाएर आएको समूहले एसिड प्रहार गरि भागेका थिए ।

एसिड प्रहारबाट संगीताको छाती र खुट्टामा चोट लागेकी लागेको थियो । पिडित संगीताको वीर अस्पतालमा उपचार भएको थियो ।

त्यसैगरि अनुहारमा एसिड परेको संगीतालाई थप उपचारका लागि केएमसी अस्पताल सिनामंगल रिफर गरिएको जनाएको छ । सीमाले संचारकर्मीलाई भनिन, ‘आज हामीलाई हान्ने मान्छेलाई छोड्यो भने अरुलाई पनि हान्छ नि।

सीमाले संचारकर्मीहरुसंग जोड दिदै भनिन भनिन, ‘त्यो एसिड हानेर हिँड्ने मान्छेलाई कारबाही नगरी हुन्न ।’ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गोरखा । गोरखाको लाप्राकमा निर्माण गरिएको नमूना वस्ती आगामी वैशामा हस्तान्तरण हुने भएको छ । गैरआवासीय नेपाली संघको अगुवाइमा निर्माण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका नेताहरु निर्वाचन आयोग पुगेका छन् । पार्टीको नयाँ निर्णयबारे जानकारी गराउन र

खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ

कोरोना महामारीका कारण अहिले धेरैजसो चिजबस्तुहरुको खरिद विक्री अनलाईनबाटै हुन थालेको छ । थुप्रै ब्यापारिक अनलाईन साइटहरु पनि सञ्चालनमा आएका