साझा अवधारणा आवश्यक छ: आमआदमी प्रवक्ता आशुतोष

९ फाल्गुन २०७१, शनिबार २२:४९ मा प्रकाशित

काठमाडौं, ९ फागुण । आम आदमी पार्टीका केन्द्रीय प्रवक्ता आशुतोषले नेपालमा संविधानका विवादित विषयमा धेरै भन्दा धेरै छलफल गरेर सहमति खोज्न सुझाव दिएका छन् ।

शनिबार राजधानीमा आयोजित साक्षात्कारमा प्रवक्ता आशुतोषले संविधानका अन्र्तवस्तुमा सहमति खोज्न नेपालका राजनीतिक दलहरुले न्यूनतम साझा अवधारणा तयार पार्दै टुँग्याउनुपर्ने धारणा राखेका हुन् ।

उनले भने, ‘कस्तो शासनप्रणाली अपनाउने ? के गर्ने ? कति वटा प्रदेश बनाउने भन्ने विषयमा नेपालका सबै राजनीतिक पार्टीका धारणाहरुमा व्यापक छलफल गर्नु नै उत्तम हुन्छ । संविधान निर्माण गर्दा जति धेरै छलफल गर्यो त्यति नै सहमतिको नजिक पुग्न सकिन्छ ।’ नेपालमा कस्तो संघीयता आवश्यक होला भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले संघीय प्रणालीको वारेमा भारतमा पनि समान धारणा नभएको स्मरण गर्दै नेपालमा पनि सबै दलहरुकोवीचमा सहमति हुन नसक्ने हुँदा सकेसम्म व्यापक छलफल गरेर संघीय राज्य बनाउँदा उत्तम हुने सुझाव दिए ।

उनले लोकतन्त्रको संस्थागत विकास, संघीयता, धर्मनिरपेक्षता जस्ता विषय नेपालीले नै तय गर्नुपर्ने सुझाव दिए । हिन्दूधर्मलाई आफूले मान्ने बताउँदै नेपाललाई हिन्दूराष्ट्र बनाउने या नबनाउने भन्ने कुरा नेपाली जनता र राजनीतिक दलहरुले नै तय गर्नुपर्ने उनको सुझाव रहेको छ ।

क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले नेपालमा पनि भ्रष्टाचारका विरुद्धमा भारतमा आम आद्मी पार्टीले चलाएको जस्तो शान्तिपूर्ण आन्दोलनको आवश्यकत्ता रहेको बताए । उनले भने,‘राजनीतिमा भ्रष्ट व्यक्तिहरुलाई पठाउनै हुँदैन, पैसाले चुनाव जितेर जानेहरुले नीति तथा नियम बनाउनै सक्दैनन, त्यसैले प्रत्यक्ष जनतासँग साक्षात्कार गर्ने व्यक्तिहरुलाई मात्रै त्यो ठाउँमा पठाउनुपर्छ ।’

नेपालमा भ्रष्टाचार हुने गरेको कुरा आफुले पनि सुनेको बताउँदै उनले भने, ‘तपाईहरुले पनि भ्रष्टाचारीहरुलाई जनताबाट नग्याउँन प्रभावकारी भूमिका खेल्नुहोस्, उनीहरुलाई कहिल्यैपनि सत्तामा पुग्न दिनुहूँदैन त्यसको लागि सञ्चार क्षेत्रले मात्रै रोक्छ सक्छ । जनतालाई पनि सूसुचित बनाउनुपर्छ ।’

नयाँ दिल्लीमा आफ्नो पार्टीले चमात्कारिक विजय हासिल गरेसँगै विभिन्न टिकाटिप्पणी सुरु भएको उल्लेख गर्दै आफ्नो पार्टीका अध्यक्ष अरविन्द केजरीवाललाई स्थापित हुन कम्तिमा पनि ६ महिना लाग्ने हुँदा त्यसपछि मात्रै नेपाल भ्रमण गर्न सक्ने जानकारी दिए ।

भारतमा आफ्नो पार्टीले भ्रष्टाचारको विरुद्धमा अभियान चलाउँदा जनताको मन जित्न सफल भएको उदाहरण पेश गर्दै नेपालमा पनि भ्रष्टाचारको विरुद्धमा नयाँ शक्तिको आवाश्यक रहेको बताए ।

उनले आफ्नो पार्टी भारतमा नयाँ भएकाले विस्तारै यसले आफ्नो जग हाल्ने स्पष्ट पारे । नेपाल पनि हिन्दूको आस्था भएकोले नेपाल र भारतवीचको सम्बन्ध अझ नजिक बनाउन यसले मद्यत पुगेको स्पष्ट पारे ।

नेपाल–भारत सम्बन्ध ऐतिहासिक भएकाले यसलाई आगामी दिनमा अझ मजबुद बनाउनुपर्ने बताए । उनले भने–‘नेपाल विश्वमै अध्यात्मिक आस्थाको केन्द्र हो, त्यसलै धर्मको माध्यमबाट विश्वमै शान्तिको पाठ पढाउन यसले मद्यत पुर्याउन सक्छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ । फागुन १०

नेपाल फ्रान्स कुटनीतिक सम्बन्ध स्थापनाको ७०औ वर्षगाँठको उपलक्ष्यमा प्रकाशित स्मारिका “कर्म” को नेपालस्थित फ्रान्सेली राजदूत फ्रन्स्वा जाभिए लेजेर पेरिसस्थित नेपाली

काठमाडौं । पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन

काठमाडौं । सरकारले फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ