धार्मिक स्वतन्त्रता कसैले हरण गर्न सक्दैन: प्रम कोइराला

९ फाल्गुन २०७१, शनिबार २२:४१ मा प्रकाशित

बागलुङ, ९ फागुन । प्रधानमन्त्री सुशील कोइरालाले नेपालमा धार्मिक स्वतन्त्रता कसैले हरण गर्न नसक्ने बताउनुभएको छ ।

बागलुङ नगरपालिका–८ पञ्चकोटमा १०८ फिट अग्लो कलशको शिलान्यास गर्दै कोइरालाले आफ्नो धर्मको संरक्षण गर्ने सबैको हकअधिकार रहेको बताउँदै प्रधानमन्त्री कोइरालाले धार्मिक स्वतन्त्रता नैसर्गिक अधिकार भएको बताउनुभयो ।

प्रधानमन्त्री कोइरालाले आफूहरु संविधान निर्माणको चरणमा रहेकोे बताउँदै संविधानमा सबैको पहिचान र धार्मिक स्वतन्त्रता रक्षा गरिने पनि बताउनुभयो ।

यसैबीच, रु दुई अर्बको लागतमा एसियाकै अग्लो कलश निर्माण गर्न आयोजित महायज्ञमा सहभागी हुन बागलुङ आइपुग्नुभएका नेकपा—एमालेका अध्यक्ष केपी शर्मा ओलीले रु २५ हजार आर्थिक सहयोग गर्नुभएको छ ।

नेपाल विश्वमा नै परिचित मुलुक हो यहाँ विश्वमा नभएको जडीबुटी छ, विश्वमै नभएका हिमशृङ्खला छन्, आ–आफ्नै धार्मिक आस्था छन्, त्यसैले यस देशमा जन्मने हामी नेपाली त्यसै भाग्यमानी ठान्नुपर्ने बताउँदै ओलीले स्वामी कमलनयन आचार्यको प्रतिभाको खुलेर प्रशंसा गर्नुभयो ।

अनन्त श्री विभूÈित मुक्तिनाथ पीठाधिश्वर स्वामी कमलनयनाचार्यको अगुवाइमा सुरु भएको महायज्ञमा प्रधानमन्त्री कोइरालासहित एमाले अध्यक्ष ओली, गृह तथा उपप्रधानमन्त्री वामदेव गौतम, भौतिक योजना तथा निर्माण मन्त्री विमलेन्द्र निधि, सिँचाइ मन्त्री नारायण प्रकाश साउदलगायतका नेता आउनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव

काठमाडौं । नेपाली काँग्रेसले बदलिँदो राजनीतिक परिस्थितिमा संविधान, लोकतन्त्र र जनतालाई केन्द्रमा राखेर निर्णय लिने भएको छ । कांग्रेसका सभापति