राजतन्त्र फर्काउन खोजेको एमाओवादी अध्यक्ष दाहालको आरोप

९ फाल्गुन २०७१, शनिबार २२:४० मा प्रकाशित

त्रिशूली (नुवाकोट), ९ फागुन । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नेपाली काँग्रेस र नेकपा (एमाले) मिलेर मुलुकमा फेरि राजतन्त्र फर्काउन खोजेको आरोप लगाउनुभएको छ ।

आज नुवाकोटको ओखरपौवा–७ कागतीगाउँको भवानी माविमा आयोजित कार्यकर्ता भेलामा अध्यक्ष दाहालले काँग्रेस र एमालेले राजतन्त्र फर्काएर देशलाई पुरानै अवस्थामा फर्काउन खोजेको धारणा राख्नु भयो ।

केही दिनअघि पूर्व राजा ज्ञानेन्द्रले दलहरुले आफूसँग भएको सहमति कार्यान्वयन नगरेको बताउनुभएकातर्फ लक्षित गर्दै अध्यक्ष दाहालले भन्नुभयो “ठूला हँु भन्ने दलहरु बेवी किङ बनाउन लागि परेका छन् । उनीहरु परिवर्तनलाई संस्थागत गर्न चाहँदैनन् ।”

अध्यक्ष दाहालले प्रधानमन्त्री सुशील कोइरालाले संविधानसभामा तरबार राखेर भोटेताल्चा लगाएकाले आफूहरु संविधानसभामा जना नसकेको उल्लेख गर्नु भयो ।

उहाँले संविधानसभाबाट बाहिरिएका १९ दलको साथ लिएर समानान्तर संविधानसभा गठन गर्ने र सरकार समेत समानान्तर स्थापना गरी चलाउने चेतावनी दिनुभयो ।

उहाँले पार्टीले क्रियात्मक, निर्णयात्मक र शक्ति प्रदर्शन गरी तीन चरणमा आन्दोलन सञ्चालन गर्ने र यसमा जनताको उल्लेख्य साथ रहने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा एमाओवादी नेता वर्षमान पुनले एकीकृत माओवादी सहमतिबाट नै संविधान जारी गर्न लागिपरेको बताउनुभयो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने

काठमाडौ । न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोखरेलको श्रीमती तुलसीपुर उपमहानगरपालिका–५ निवासी