आईएसविरुद्ध जारी हवाई आक्रमण समग्र इस्लामविरुद्ध नभएको ओबामाको भनाई

८ फाल्गुन २०७१, शुक्रबार २२:१८ मा प्रकाशित

वासिङ्टन (सिन्ह्वा), ८ फाल्गुन । अमेरिकी राष्ट्रपति बाराक ओबामाले हाल आईएसविरुद्ध जारी हवाई आक्रमण समग्र इस्लामविरुद्धको नभएको स्पष्ट गरेका छन्।

‘इस्लामविरुद्धको युद्धमा छैनौं, यस्तो कसैले पनि सोच्नुभएन,’ उनले भने। ह्वाइट हाउसमा सुरु भएको आईएसविरुद्धको कारबाहीको ऐक्यवद्धता सम्मेलनमा उनले आफ्नो धारणा राखेका हुन्।

उनले भने, ‘हामी उनीहरूका विरुद्धको युद्धमा छौं जसले इस्लाम धर्मकै दुरुपयोग गरिरहेका छन् र जसले यस दर्शनकै विरुद्धमा काम गरिरहेका छन्।’

अमेरिकाको आह्वान र आयोजनामा अमेरिकी

ह्वाइट हाउसमा आतंकवादविरुद्धको कारबाहीका लागि विश्वका विभिन्न देशको सहभागितामा सम्मेलन सुरु भएको छ। यसमा विशेषगरी आईएसका विरुद्धमा के कसरी एकताबद्ध भएर लड्न सकिन्छ भन्नेबारेमा कुराकानी भइरहेको छ।

उनले कुनै व्यक्ति वा समूह विशेषका कुकर्मका कारणले इस्लाम धर्ममा विश्वास गर्ने विश्वका इस्लामहरूका विरुद्ध कुनै कार्य गर्न नहुने र उनीहरूका विरुद्ध होच्याएर बोल्न पनि नहुने बताए।

तर उक्त धर्मदर्शनमा आस्था राख्ने भन्दै हिंसा मच्चाइरहेकाका विरुद्धमा बोल्न विश्वका इस्लामहरू देशका नेताहरू भने पछि पर्न नहुने पनि उनले बताए। आधा घन्टा लामो भाषणका क्रममा ओबामाले विश्वमा विभिन्न नाम रूपमा आतंकवाद फस्टाउने प्रयत्न गरिरहेको दोहोर्‍याए। उनले त्यसका विरुद्ध आवश्यक पर्ने सबै खालका आर्थिक एवं अन्य सहयोग जुटाएर अघि बढ्न विश्वलाई आग्रह गरे।

प्रतिक्रिया
सम्बन्धित खवर

फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले बिहीबार मनिला शहरमा हजारौं मानिसहरूका बीच फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन्। मार्कोस

एजेन्सी । दोस्रो विश्वयुद्धमा जापानी फौजलाई आच्छुआच्छु पारेर राष्ट्रपतिबाट सर्वोच्च पदक पाएका हर्शेल डब्ल्यू विलियम्सको ९८ वर्षको उमेरमा मृत्यु भएको

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार फिनल्याण्ड र स्वीडेनलाई चेतावनी दिदै यदि उनीहरूले नेटो सेना र सैन्य पूर्वाधारलाई आफ्नो

नयाँ दिल्ली । भारतको उत्तरी राज्य राजस्थानमा एक हिन्दु धर्मालम्बीको हत्यापछि उक्त क्षेत्रमा धार्मिक तनाव बढेको छ । पीडित कन्हैया