
युवा पुस्ताकी चर्चित गायिका हुन् सोनिका लामा। विशेष गरेर डान्सिङ गीतमा यिनको लोकप्रियता बढ्दै छ, तर उनी भन्छिन्, ‘म त्यति लोकप्रिय छैन। म त चिनारी खोज्दै गरेकी नयाँ कलाकार हुँ।’ सोनिकाले पहिले बेसहारा नामक एल्बम निकालेकी थिइन् भने त्यसपछि आयो उनको ‘यो कस्तो यो जीवन’। यी दुई एल्बममा मात्र उनको गायकी क्षमता कैद भएन, त्यसपछि फेरि उनले निकालिन् तेस्रो एल्बम ‘सोनिकाको जवानी’। यस एल्बमबाट पनि सोनिका राम्रैसँग चिनिइन् साङ्गीतिक बजारमा। अब उनी आफ्नो चौथो एल्बम ‘सोनिका’ लिएर आउँदै छिन्।
० एल्बमहरू फटाफट आइरहेका छन्। बजार राम्रो छ र भन्या?
– यसमा बजारको कुरा नै के रह्यो र? यो त आत्मसन्तुष्टि लिने अनि क्षमता देखाउने विषय पो हो त।
० त्यै पनि आर्थिक रूपमा त घाटा हुन्छ नि, होइन र?
– यहाँ कसले पो एल्बम निकालेर नाफा कमाएका छन् र? साँवा उठाउन त गाह्रो छ, तपाईं नाफाको कुरा गर्नुहुन्छ।
० एल्बम बनाउँदा भिडियो पनि बनाउनुपर्छ। अनि किन बालुवामा पानी हालेझैँ लगानी गर्ने त?
– यो सब पछिको आशा र नामको लोभ हो। हामी बाँच्ने भनेको एल्बमको बिक्रीबाट होइन, गीत स्टेजमा गाएर त्यसको पर्फर्मेन्सबाट हो। एउटा एल्बमको एउटा गीत चल्यो भने पनि पुग्छ हामीलाई। सबै गीत चल्नुपर्छ भन्ने छैन।
० अनि आफ्नो गीतमा आफैँ मोडलिङ किन नि?
– यो पनि रहर र बाध्यता दुवै हो। दाम नभएर बाध्यता, अनि रहर पहिलेदेखिकै हो। आफ्नो गीतमा अरूलाई पारिश्रमिक दिएर खेलाउनुभन्दा आफैँ खेल्दा राम्रो।
० आफैँ खेल्दा फाइदा के नि?
– दर्शकमाझ चाँडो चिनिँदोरहेछ।
० तेस्रो एल्बमको नाम त सोनिकाको जवानी रहेछ, कस्तो छ त सोनिकाको जवानी?
– सोनिकाको जवानी। भर्खरै फक्रँदै गरेको जवानी हो सोनिकाको।
० अनि सोनिकाको जवानीमाथि आँखा लगाउनेहरू कत्तिको आए नि?
– आएका होलान्, तर म अहिले नै पट्टिन्नँ। किनकि मेरो सिङ्गो करिअर बाँकी नै छ।
० जवानी आएपछि के हुँदोरहेछ त?
– त्यो अनुभवको कुरा हो। त्यसलाई व्यक्त गर्न सकिन्न।
० एल्बममा पनि त्यस्तै कुरा छन् त?
– यस्तै कुरा छन्। युवा उमेरमा आउने र देखापर्ने यस्तै बैंसका कुरालाई एल्बममा समेटेकी छु मैले।
० भिडियोमा त सोनिकालाई ज्यादै ग्ल्यामर्स र कामुक देखिन्छ नि?
– म भिडियोमा मात्र त्यस्ती हुँ। वास्तविक जीवनमा छैन।
प्रतिक्रिया
सम्बन्धित खवर
मुम्बई । भारतीय गीतकार जावेद अख्तरको मानहानीको मुद्दामा मुम्बईको एक अदालतले अभिनेत्री कंगना रौनतविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
काठमाडौं । विश्वकै चर्चित विश्वविद्यालय हार्वर्डमा पूर्व मिस नेपाल शृंखला खतिवडाले पढ्ने भएकी छिन् । श्रृंखलाले अमेरिकाको बोस्टनमा रहेको हार्वर्ड
सिजन मिडियाद्वारा आयोजना गरेको ‘लेट मी इन मिसेज ब्युटी क्विन नेपाल सिजन ४’ की विजेता ललितपुरकी रश्मि शाक्य हुनुभएको छ
चितवन । पर्यटन व्यवसायी सुमन घिमिरेको ‘उनले जस्तै…’ बोलको गीत सार्वजनिक भएको छ । चर्चित गायक नरेन्द्र प्यासीको स्वर र