सिमरामा आमहड्तालको घोषणा

८ फाल्गुन २०७१, शुक्रबार २१:५९ मा प्रकाशित

बारा, ८ फागुन । सरकारले निणर्य फिर्ता लिए लगत्तै सिमराको आन्दोलन बारा सरेको छ । सोमबारबाट सिमरामा सुरु भएको आन्दोलन चर्किदै चर्किदै गएको छ । सिमरा वासीले आजवाट आम हड्तालको घोषणा गरेका छन् । मालपोत र नापी कार्यालयको थप सेवा केन्द्र बाराको सिमरामा स्थापना गरिने निर्णय सरकारले उल्टाए पछि आन्दोलित भएका १२ गाबिसका बासिन्दाले आम हड्तालको घाषणा गरेका हुन् । सेवाग्राहीलाई सहज सेवा प्रवाहको लागि सरकारले जिल्लाका १२ गाविसलाई लक्ष्य गरी सिमरामा थप नापी र मालपोत कार्यालय राख्ने निर्णय गरेको थियो।

कलैयाको आन्दोलन फिर्ता भए पनि सिमरामा थप कार्यालय राख्ने उक्त निर्णय कार्यान्वयन हुनुपर्ने भन्दै त्यहाँका स्थानीय बासिन्दा, व्यवसायी र राजनीतिक दलका नेतारकार्यकर्ताले आन्दोलन सुरु गरेका हुन्। बिरगंज पथलैया औद्योगिक करिडोर अन्तरर्गत बाराको गढीमाई नगरपालिका स्थित सिमरामा मालपोत, नापी तथा भूमिसुधार कार्यालयको शाखा स्थापनाको माग गरेका छन् ।

सिमराको बजार पूर्ण रुपमा बन्द गर्नुका साथै राजमार्ग समेत अवरोध भएको छ। आफुहरुले पाइसकेको सुविधा सरकारले खोसेको आरोप लगाउँदै स्थानीय बृद्धबृद्धाहरुले पनि समर्थन जनाउँदै सडकमा उत्रिएर आन्दोलनमा सहभागि भएका थिए । सरकार आफ्नैं निर्णयबाट पछि हट्नु दुर्भाग्यपुर्ण रहेको भन्दै यथा शिघ्र निर्णय सच्याएर सेवा केन्द्र संचालन गर्न आन्दोलनमा सहभागिहरुको माग छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । जनता समाजवादी पार्टीले जसपाले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बोलाइएको बैठकमा प्रतिनिधिसभामा पार्टीको भूमिका र पछिल्लो

ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन्

काठमाडौं । निर्वाचन आयोगमा सरिता तिवारीको अध्यक्षतामा दर्ता भएको नेकपा एमालेले बैठक बोलाएको छ । सर्वोच्च अदालतले नेकपालाई पार्टी एकीकरणको

आफन्तसँग ढाँटेर रु एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका