‘एटीएम’विरुद्ध चलचित्रकर्मीहरू

२४ जेष्ठ २०६९, बुधबार १८:५४ मा प्रकाशित

राजन घिमिरे, काठमाडौ । चलचित्र र कलाकार दुवै बहिष्कृत छाडा चलचित्रले समाज बिगार्छ, विकृति मौलाउँछ भन्ने सोचका साथ ‘एटीएम’ नामक चलचित्रको हामीले लगातार आलोचना गर्दै आएका छौँ । घटना र विचारमा प्रकाशित सामग्र्रीको उक्त विवादास्पद चलचित्रका निर्माता तथा कलाकार दिनेश थापा सार्वजनिक स्थलमा धुवाँधार विरोध गर्दै भनेछन्, ‘त्यो पत्रिकालाई कसले अधिकार दियो मेरो सिनेमालाई ‘सी ग्रेड’को भन्ने ? के त्यो पत्रिका नै चलचित्र विकास बोर्ड हो र सिनेमाको वर्गीकरण गर्ने ?’ यसरी धेरैतिर कुर्लिएछन् उनी । तर, आज अन्तत: हामीले उठाएको विषयमा आमनेपाली चलचित्रकर्मी एवम् मिडियाले सहमति दर्शाएका छन् । एटीएमको विकृत सिर्जनाविरुद्ध सबै एकजुट भएका छन् । घटना र विचारले त एटीएमलाई सी ग्रेडको चलचित्रसँग तुलना मात्र गरेको थियो, यस्तो चलचित्रले मनोरञ्जन र समाजमा सकारात्मक योगदान पुर्‍याउन सक्दैन बरु विकृति फैलाउने काम गर्छ मात्र भनेको थियो । तर, चलचित्र विकास बोर्ड एवम् चलचित्र क्षेत्रसँग सम्बन्धित सङ्घ–संस्थाहरूले त सी–ग्रेडभन्दा पनि निकै तल राखेर हेर्न थालेपछि हामीविरुद्ध विष वमन गर्ने थापाको अवस्था यतिबेला पानीमा रुझेको मुसोजस्तै भएको अनुभूति गरिएको छ ।
सस्तो लोकप्रियता, अनावश्यक चर्चा र मोजमस्तीका लागि सिनेमा निर्माण क्षेत्रमा लागिटोपलेका र थोरै लगानीमा सिनेमा बनाएर दाम धेरै कमाउन सकिन्छ भन्ने सोच पालेका थापाको दिवास्वप्न यतिबेला चकनाचुर भएको छ । चौतर्फी रूपमा यो चलचित्रको निर्माण र प्रोमोलाई लिएर विरोध आउन थालेपछि लगानी गरेर ‘नायक’ बनेका दिनेश थापा सार्वजनिक समारोहमा प्रस्तुत हुन सकिरहेका छैनन् । फेसबुकदेखि लिएर अनलाइनसम्म यो सिनेमाविरुद्ध विभिन्न प्रतिक्रिया आउन थालेपछि आजभोलि दिनेश भन्न थालेका छन्– सबैले पेले मलाई । ठूलो गल्ती गरिएछ ।
यतिबेला यो चलचित्र प्रदर्शन गरिनुहुन्न र गर्न पनि नदिने आवाज चलचित्र निर्माताहरूबाटै उठेपछि चलचित्र विकास बोर्ड पनि यसबारे सोचमग्न हुन थालेको छ । यो हप्ता चलचित्र निर्माता सङ्घले त दिनेश थापासँग स्पष्टीकरण नै माग्यो । थापा सङ्घका सदस्य पनि हुन् । सङ्घले सिनेमा निर्माणको बहानामा समाज भड्काउने र अश्लीलता प्रदर्शन गर्ने सिनेमा निर्माण गर्ने कुनै पनि मेकरलाई साथ नदिने र उल्टो कारबाही नै गर्ने प्रतिबद्धता व्यक्त गरेपछि थापाको ओठ र तालु नै सुक्न पुगेको छ । सङ्घले अब ‘एटीएम’बाट भद्दा र समाजमा असर पर्ने दृश्यहरू हटाएर सिनेमा निर्माण नगरेमा यो चलचित्रलाई प्रदर्शनमा रोक लगाउनसमेत पछि नसर्ने कुरा बताइसकेको छ । यता चलचित्रकर्मीहरू पनि यो चलचित्र बनाउने दिनेश थापा अनि हेर्दा नै लाज लाग्ने, घिन लाग्ने र पचाउनै गाह्रो हुने दृश्यहरूमा गौरवका साथ अभिनय गर्ने तीन युवती जिया केसी, सविना कार्की र सोनिया शर्मालाई गलत रूपले हेर्न थालेका छन् । यस्तालाई अब कुनै पनि चलचित्रमा नलिने सोचमा पुगेका छन् उनीहरू । कुनै समय जियाको गडफादर मानिने निर्देशक दीपक श्रेष्ठले पनि प्रदर्शनका लागि तयार भएको चलचित्र ‘हो यही माया हो’को सम्पूर्ण प्रचार सामग्रीबाट जियाको तस्बिर हटाउने भएका छन् । ‘यस्ताको तस्बिर राखेर म चलचित्रलाई विकृत बनाउन चाहन्न । किन आउँछन् यस्ताहरू सिनेमामा,’ निर्देशक दीपक श्रेष्ठको भनाइ छ । यता ‘एटीएम’को प्रोमोलाई पनि दिनेश थापाबारे प्रश्न आउन थालेका छन् । चलचित्र निर्देशक ऋषि लामिछानेले फेसबुकमा लेखेका छन्, ‘मलाई मेरो छिमेकीले सोधे– त्यो दिनेश भन्नेको घरमा श्रीमती, आमा, दिदीबहिनी र छोराछोरी छैनन् ?’ म नाजवाफ भएँ । यसरी सिनेमा उद्योग नै गन्हाउने सिनेमा बनाएर कुन चर्चा, स्याबासी र वाहवाही कमाउन खोजेका हुन् दिनेशले । कुरा बुझिसक्नु छैन । उनले बुझ्नुपर्छ कि सिनेमा विशुद्ध व्यापारमात्र होइन, यसमा लागेकाहरूमा मुलुक र समाजप्रति केही जिम्मेवारी पनि हुन्छ भन्ने कुरा बुझ्नुपर्छ । त्यसैले समाजको सभ्य नागरिक भएका कारण त व्यापारी र सर्जकहरूलाई हेर्ने सोच अनि दृष्टिकोण फरक हुन्छ । यदि पैसा नै कमाउने हो भने त रक्तचन्दन, गाँजा अनि अफिमको खेती गरे भइहाल्यो नि । किन बनाउनु चलचित्र ?
यता यो चलचित्रमा मिल्ने जिया र सविनाको हालत पनि यतिबेला नाजुक छ । कुनै सार्वजनिक कार्यक्रमतिर जान सकिरहेका छैनन् यिनीहरू । गलत सोच अनि उद्देश्य बोकेका सिनेमामा गलत तरिकाले नै प्रस्तुत भएका यिनीहरूलाई हेर्ने सोचमा नै परिवर्तन भएको छ आफन्तले । यिनीहरूको कुरा त हुन्छ तर नकारात्मक रूपमा । हेर्दा निकै शालीन र भद्र लाग्ने झापाकी जिया केसीले त ‘एटिएम’मा यस्तो दृश्य दिएकी छिन् कि यिनको परिवारले शायद यस्तो दृश्य हेर्न पनि सक्दैनन् होला । के बन्न काठमाडौं आएकी जिया के बनिन् ? भगवान् जाने । अर्की सविना तिनै उप्रेती हुन् जो जाडो मौसममा पनि अर्धनग्न भएर सिनेमाको मुहूर्तमा आउँछिन् र निर्देशकले सेक्सी हिरोइन भनेर सम्बोधन गर्दा दङ्ग पर्छिन् । उनलाई अरूले गिज्याएर हाँसेको मतलब छैन । धेरै सिनेमाको शुभसाइतमा निर्देशक शोभित बस्नेतले सविनालाई सेक्सी नायिका भनेर सार्वजनिक समारोहमा सम्बोधन गरेका थिए । तर, उनी भने निकै दङ्ग पर्थिन् ।
यसै सिनेमामा अर्की युवती पनि छिन् सोनिया शर्मा । यिनी कताबाट ‘एटीएम’ अर्थात् एनी टाइम मस्ती चलचित्रमा आइन् थाहा भएन । यिनले सिनेमामा दिएको दृश्य, अनुहारको हाउभाउ र प्रस्तुति हेर्दा नीलो चलचित्रभन्दा कम लाग्दैन । नायक दिनेश थापाले त कतिपटक यी तीनवटी युवतीलाई टङकिस गर्छन् कि उनले यति गर्न मात्र फिल्म बनाएका हुन् । अनि जियाको वक्षस्थल पनि समात्न पुग्छन् यिनी । चलचित्रकर्मीहरू यो चलचित्रको विरुद्ध लागेको थाहा पाएपछि सोनिया शर्माले चलचित्र निर्माता सङ्घका सचिव सुरेशदर्पण पोखरेललाई त दाइ कति विरोध गरेको । मेरो विरोध नगर्नुस् न । बरु यसो हेरेर सहमति गरौँ । कुरा गरौँ न भनेरसमेत भन्न भ्याएकी रहिछिन् । आफ्नो क्यारियरको यस्तो चिन्ता गर्नेले किन अश्लील चलचित्र खेलेको होला त ? ठाडो प्रश्न छ । यो नेपाल देश, यहाँ कानुन त्यति बलियो छैन अहिले । यसैको फाइदा पनि धेरैले उठाइसकेका छन् । यदि कानुनी राज्य चल्दो हो त समाजमा विकृत्ति फैलाएको र समाज भड्काएको आरोपमा एटीएमजस्ता सिनेमा बनाउने मेकर अनि यस्ता सिनेमामा काम गर्नेविरुद्ध सार्वजनिक मुद्दा लाग्न सक्छ । यो मुद्दा हाल्न पनि सकिन्छ तर अहिलेसम्म कसैले हालेको छैन । किनकि नेपाल सेक्स फ्रि देश होइन र यस्ता क्रियाकलाप गर्नेविरुद्ध सार्वजनिक मुद्दा हाल्न कसैले रोक्न सक्दैन । यदि यही घटना विदेशमा भएको भए करोडौं क्षतिपूर्ति व्यहोर्नुपर्दथ्यो मेकरले । बिनाअधिकार सामाजिक सञ्जाल युट्युब र फेसबुकमार्फत अश्लील दृश्यहरू प्रचारप्रसार गरेबापत सार्वजनिक मुद्दा लाग्दा यस्ता मेकर सडकमा आउन सक्छन् । यो कुराको चेतना भया ।

प्रतिक्रिया
सम्बन्धित खवर

अभिनेत्री मिया खालिफाले श्रीमानसँग सम्बन्धविच्छेद गरेकी छन् । हालै उनले आफुले सम्बन्धविच्छेद गरेको घोषण गरेकी हुन् । खलिफाले श्रीमानसँग अलग

काठमाडौँ । गायक स्वरूपराज आचार्य र गायिका अस्मिता परियारको आवाजमा रहेको ‘माया गर्ने मान्छे’ बोलको गीत सार्वजनिक भएको छ ।

काठमाडौं । म्युजिक भिडियोमा डेब्यु गरेका अमेरिकाको पेन्सिलभिनिया राज्यको पिटर्सबर्ग निवासी पुर्ण लम्साल अभिनित ‘तिमी छौ र’ बोलको को म्युजिक

अमीषा पटेल अभिनेत्री अमीषा पटेल अभिनेता ऋतिक रोशनको फिल्म ‘कहो ना प्यार है’बाट अभिनयमा डेब्यु गरेकी हुन् । त्यसपछि उनले