भारतद्वारा क्षेप्यास्त्र परीक्षण

७ फाल्गुन २०७१, बिहीबार २१:३७ मा प्रकाशित

नयाँ दिल्ली, ७ फागुन (एएफपी ) । भारतले बिहीबार छोटो दुरीको क्षेप्यास्त्र सफलताका साथ परीक्षण गरेको जनाएको छ । पृथ्वी दोस्रो नाम रहेको सो क्षेप्यास्त्र भारतको पूर्वी राज्य ओरिसामा परीक्षण गरिएको हो ।
स्रोतका अनुसार पृथ्वीबाट पृथ्वीमा मार हान्ने सो क्षेप्यास्त्रको क्षमता करिब ३५० किलोमीटर सम्म मार हान्न सक्ने रहेको छ । ओरिसाको चन्डीपुरमा सो क्षेप्यास्त्र हानिएको छ ।
यो क्षेप्यास्त्र पनि पृथ्वीबाट पृथ्वीमा मार हान्न सक्ने र भारतमा नै निर्माण गरिएको उत्पादन रहेको भारतीय सुरक्षा स्रोतले जनाएको छ ।
भारतीय सैनिक स्रोतका अनुसार बिहीबार बिहान स्थानीय समयअनुसार ९।३० मा सो क्षेप्यास्त्र परीक्षण गरिएको थियो ।
भारतले यसअघि पनि सन् २०१४ को नोभेम्बर महिनामा यस्तो क्षेप्यास्त्र परीक्षण गरेको थियो । सो क्षेप्यास्त्र पनि पृथ्वीबाट पृथ्वीमा मार हान्न सक्ने र भारतमा नै निर्माण गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विरोधी तथा भ्रष्टाचार विरोधी विपक्षी नेता एलेक्सी नाभाल्नीलाई अज्ञात ठाउँमा लगिएको छ । उनलाई

एजेन्सी । टर्कीको एक अदालतले दुई जना पाइलट र एक निजी विमान सञ्चालकलाई जेल चलान गरेको छ । सन् २०१९

म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहरमा सुरक्षाकर्मीद्वारा चलाएको गोली लागी कम्तीमा दुई जनाको मृत्यु भएको छ । म्यानमारको सङ्कट व्यवस्थापन अधिकारीले