पूर्वराजासँग कुनै सम्झौता भएको छैन: अध्यक्ष दाहाल

७ फाल्गुन २०७१, बिहीबार २१:३३ मा प्रकाशित

बनेपा, ७ फागुन । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्रसँग आफ्नो पार्टीको कुनै सम्झौता नभएको स्पष्ट पारेका छन् । काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कार्यकर्तालाई सम्बोधन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्रको जवाफ नेपाली काँग्रेस र नेकपा—एमालेले नै दिनुपर्छ भने ।

पार्टी बिग्रँदै गएकाले जनताबाट टाढा भएको बेला काँग्रेस र एमालेले आफुलाई संविधानसभाबाट धकेलेर जनताकाबीचमा पुर्याएको भन्दै दाहालले एमाले अध्यक्ष ओली र प्रधानमन्त्री सुशील कोइरालालाई धन्यवाद पनि दिए ।

अध्यक्ष दाहालले तत्कालीन भट्टराई सरकार रहेका बेला काँग्रेस र एमालेका नेताहरू आफ्नो निवास लाजिम्पाट आएर रोएका कारण सरकार छाडेको उल्लेख गर्दै आफूहरू सोझो भएको फाइदा काँग्रेस र एमालेले लिएको बताए।

अध्यक्ष दाहालले काँग्रेस र एमालेले मतादेशको आधारमा जनादेशलाई लत्याउन खाजेको आरोप लगाउँदै अहिले काँग्रेस र एमाले निरङ्कुशरुपमा अघि बढ्न खोजेको बताए ।क्रान्तिकारी पत्रकार सङ्घ काभ्रेपलाञ्चोकले आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष दाहालले वार्ताको वातावरण बनाउन आन्दोलन गर्न लागेको बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको

काठमाडौँ । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी(नेकपा) राख्ने निर्वाचन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी

काठमाडौं । प्रतिनिधिसभाको सातौँ अधिवेशन आजदेखि शुरु हुँदैछ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला सर्वोच्च