दल र दरबार बीच भएको सहमति तथा समझदारी कार्वान्यन गरियोस: पूर्वराजा ज्ञानेन्द्र शाह

६ फाल्गुन २०७१, बुधबार २२:०० मा प्रकाशित

काठमाडौं, ६ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरु र आफूबीच देशको राजनीतिक भबिष्यलाई लिएर निश्चित मुद्धाहरुमा सहमति तथा समझदारी भएको दावी गरेका छन् । पूर्वराजा शाहले प्रजातन्त्र दिवसका अवसरमा बुधबार जारी गरेको आफ्नो शुभकामना सन्देशमा देशको राजनीतिक भबिष्यलाई लिएर निश्चित मुद्धाहरुमा दल र दरबार बीच सहमति तथा समझदारी भएको दावी गरेका हुन् ।

पूर्वराजा शाहले सन्देशमा भनेका छन, ‘तत्कालीन राजनीतिक दलहरु र मेराबीच प्रजातन्त्रको मूल्य र मान्यतामा आधारित जे जति सहमति, समझदारी एवम् व्यवस्थापकीय गतिविधि भएका थिए, तीनको स्मरण गराउन चाहन्छु ।’

यद्यपि उनले सन्देशमा के कस्ता सहमति र समझदारी भएका थिए भन्ने खुलाएका छैनन् । शाहले नेपालको संविधान पूर्णरुपमा आएर मूलूकको राज्यव्यवस्थाले स्थिरता र गतिशीलता प्राप्त गरोस् भन्दै प्रजातन्त्र दिवसको शुकामना दिएका छन्। उनले ६४ वर्षअघि प्रजातन्त्रप्रेमी जनता र राजाको समन्वयकारी प्रयासमा नेपालमा प्रजातन्त्र आएको उल्लेख गरेका छन् ।

शाहले दलहरुले निषेध, विभेद, अन्योल, अलमल र कचिगंलमै समय बिताउनुभन्दा राष्ट्रको भूबनोट, राष्ट्रिय समाजको स्वरुप र राष्ट्रिय धर्म, परम्परा र मर्मलाई स्पर्श गरेर अगाडि बढ्नु नै आजको आवश्यकता भएको औंल्याएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्रतिनिधिसभाको बैठकमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जबर्जस्ती पेश गरिएको भन्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले बैठक कक्षमा नाराबाजी गरेको छ

काठमाडौं । कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको

काठमाडौँ । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी(नेकपा) राख्ने निर्वाचन