वानामा सर्वसम्मत नेतृत्व चयनको प्रयास, सर्च कमिटिको निर्णय प्रति असन्तुष्टि सार्वजनिक

६ फाल्गुन २०७१, बुधबार २१:५१ मा प्रकाशित

बाल्टिमोर । लामो समय देखि स्थानिय नेपाली अमेरिकनको विवाद, कलह र झगडाको कारण बन्दै आएको बाल्टिमोरस्थित नेपालीहरुको संस्था बाल्टिमोर एसोसियसन अफ नेपालीज इन अमेरिका (वाना)को नयाँ नेतृत्व सर्वसम्मत चयन तयारीमा जुटेको छ । बाल्टिमोरस्थित स्थानीय अगुवाहरुको पहलमा गठित सर्च कमिटीले आनन्द घिमीरे अध्यक्ष रहेको वानाको नयाँ नेतृत्व सर्वसम्मत चयन गर्न प्रस्ताव गरेको छ । सर्च कमिटीले प्रस्ताव गरेको वानाको नयाँ नेतृत्व सात सदश्य रहेको छ जसमा वरिष्ट उपाध्यक्ष-अनु वन्त, उपाध्यक्ष-सतिस चापागाईं, महासचिव-कुलमणी आचार्य, सचिव-सृजन ताम्राकार, कोषाध्यक्ष-कुल गुरुङ, आई टी कोअर्डिनेटर-बुद्धि रेग्मी रहेका छन् भने सर्च कमिटीले ११ सदश्य रहेको बोर्ड अफ ट्रष्टी समेत प्रस्ताव गरेको छ । प्रस्तावित सर्च कमिटीमा डा भीम कट्टेल, गणेश मलेखु, पारशमणि श्रेष्ठ, मोहन थापा, कृष घिमिरे, रविना थापा, बिजय श्रेष्ठ, डिल्लि पौडेल, प्रेम श्रेष्ठ, ज्ञानु रिमाल, प्रभु थापा सर्वसम्मत चयन गरिएको छ । यस अघि सर्वसम्मत नेतृत्व चयनका लागि रवि लामिछानेको संयोजकत्वमा बाना सर्च कमिटी निर्माण गरिएको थियो । सर्च कमिटीका अन्य सदश्यहरुमा अमर छन्त्याल, अर्जुन हमाल, लोक तिवारी, विनोद उप्रेती, चित्रा कार्की, दूर्गा श्रेष्ठ, महेश भट्टराई रहेका थिए । यस अघिको दुई कार्यकाल बिजय श्रेष्ठको नेतृत्वमा रहंदा स्थानिय नेपाली अमेरिकनहरु बीच बाना बिबादित र समुदाय विभाजनको कारण बन्दै आएको आरोप लाग्ने गरेको थियो । आगामी हप्ता फेब्रुवरी २२ तारिख हुने निर्वाचन अघिनै सर्च कम्तिले प्रस्ताव गरेको नामहरु प्रति असन्तुष्टि सार्वजनिक भए पनि आनन्द घिमीरेको नेतृत्वलाई सबैले स्वीकार्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बेलायतको लण्डनमा लामो समयदेखि व्यवसाय गरेर बसिरहनुभएका व्यवसायी एवं समाजसेवी महन्त श्रेष्ठ बेलायतका लागि पर्यटन दूत नियुक्त हुनुभएको छ ।

भिएना । सन् २००९ मा स्कट ल्याण्ड पुगेर फोटोग्राफीलाई आफ्नो पेशा बनाएका सन्तोष भट्ट अहिले जर्मन शहर फ्रान्क फर्टको स्थानीय

भियना ।नेपाली साहित्यकार समूहले बिश्वभरका नेपालीभाषी साहित्यकारहरूलाई जोडेर रचना वाचन तथा सरस्वति सम्मान कार्यक्रम सम्पन्न ग-यो। जुम प्रविधिको प्रयोग गरेर

पोर्चुगल । शम्भु सिलवाल छ वर्षयता पोर्चुगलमा हुनुहुन्छ । नेपालमा झ्याइँकुटी झ्याई टेलिशृङ्खलामा घिन्ताङे पात्रसँगै दोहोरी साँझ, भजन, लोकदोहोरी क्षेत्रमा