सत्तारुढ दल नेपाली कांग्रेसको तेह्रौं महाधिवेशन आगामी भदौमा

६ फाल्गुन २०७१, बुधबार ०१:१३ मा प्रकाशित

काठमाडौं, ६ फागुन । लामो समय पदाधिकारी चयन र बिभाग गठन समेत गर्न नसकेको मुलुककै सबै भन्दा पुरानो र ठुलो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसले तेह्रौं महाधिवेशन भदौ पहिलो साता गर्ने निर्णय गरेको छ । मंगलबार बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी बैठकले पार्टीको १३ औं महाधिवेशन भदौ १ देखि ५ सम्म राजधानीमा गर्ने प्रस्ताव गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको पदाधिकारी बैठकले केन्द्रदेखि गाउँ तहसम्मको अधिवेशनको मिति समेत प्रस्ताव गरेको छ । पदाधिकारी बैठकले प्रस्ताव गरेको मितिलाई बुधबारदेखि सुरु हुने पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले अनुमोदन गर्नु पर्नेछ । पदाधिकारी बैठकले प्रस्ताव गरेको मिति अनुसार वडा, गाउँ र नगरसमितिको अधिवेशन आगामी साउन २ मा हुनेछ भने २ सय ४० निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन साउन ९ र जिल्लाको साउन १६ मा हुने प्रस्ताव गरिएको छ । यसअघि काँग्रेसको १२ औं महाधिवेशन असोज १ देखि ५ सम्म राजधानीमा सम्पन्न भएको थियो । पदाधिकारी बैठकले फागुन मसान्तभित्र सबै जिल्लाले शुल्क सहित क्रियाशील सदस्यताको विवरण केन्द्रमा पठाई सक्नुपर्ने निर्देशन मातहतका जिल्लालाई दिने निर्णय गरेको छ । क्रियाशील सदस्यको नवीकरण र नयाँ वितरणमा केन्द्रले गरेको परिपत्र र विधानले गरेको व्यवस्थाको प्रक्रिया पुरा गर्नुपर्ने र प्रकृया नपुर्‍याएकालाई मान्यता नदिइने बैठकले निर्णय गरेको छ । क्रियाशील सदस्यताको विवाद मिलाउन बुधबारको केन्द्रीय कार्यसमितिले छानविन समिति बनाउने भएको छ । छानबिन समितिलाई चैत मसान्तसम्मको म्याद दिइनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने

काठमाडौ । न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोखरेलको श्रीमती तुलसीपुर उपमहानगरपालिका–५ निवासी