आनन्द घिमीरेको अध्यक्षतामा वानाको नयाँ नेतृत्व सर्वसम्मत चयन

६ फाल्गुन २०७१, बुधबार ००:५१ मा प्रकाशित

बाल्टिमोर । लामो समय देखि विवादित रहँदै आएको बाल्टिमोरस्थित नेपालीहरुको संस्था बाल्टिमोर एसोसियसन अफ नेपालीज इन अमेरिका (वाना)को नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । बाल्टिमोरस्थित स्थानीय अगुवाहरुको पहलमा आनन्द घिमीरे अध्यक्ष रहेको वानाको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो । वानाको नयाँ नेतृत्व सात सदश्य रहेको छ जसमा वरिष्ट उपाध्यक्ष-अनु वन्त, उपाध्यक्ष-सतिस चापागाईं, महासचिव-कुलमणी आचार्य, सचिव-सृजन ताम्राकार, कोषाध्यक्ष-कुल गुरुङ, आई टी कोअर्डिनेटर-बुद्धि रेग्मी रहेका छन् भने ११ सदश्य रहेको बोर्ड अफ ट्रष्टीमा डा भीम कट्टेल, गणेश मलेखु, पारशमणि श्रेष्ठ, मोहन थापा, कृष घिमिरे, रविना थापा, बिजय श्रेष्ठ, डिल्लि पौडेल, प्रेम श्रेष्ठ, ज्ञानु रिमाल, प्रभु थापा सर्वसम्मत चयन गरिएको छ । यस अघि सर्वसम्मत नेतृत्व चयनका लागि रवि लामिछानेको संयोजकत्वमा बाना सर्च कमिटी निर्माण गरिएको थियो । सर्च कमिटीका अन्य सदश्यहरुमा अमर छन्त्याल, अर्जुन हमाल, लोक तिवारी, विनोद उप्रेती, चित्रा कार्की, दूर्गा श्रेष्ठ, महेश भट्टराई रहेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत