राष्ट्रपतिको पशुपतिनाथसँग प्रार्थना, दलीय सहमतिमा चाँडो संविधान आओस्

५ फाल्गुन २०७१, मंगलवार २३:०४ मा प्रकाशित

 काठमाडौं, ५ फागुन । राष्ट्रपति रामवरण यादवले राजनीतिक दलबीचको सहमतिमा देशमा चाँडै संविधान जारी होस भन्ने कामना गरेका छन्। महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनपछि पत्रकारको जिज्ञासामा उनले आफूले दलीय सहमतिमा मुलुकमा शीघ्र संविधान बनेर राष्ट्र प्रगतिको मार्गमा अग्रसर होस भन्ने प्रार्थना पशुपतिनाथसँग गरेको बताए।

दलबीच चाँडो संवाद सुरु हुनुपर्नेमा जोड दिँदै राष्ट्रपतिले संविधानसभामा प्रतिनिधित्व गरेका र बाहिर रहेका सबै राजनीतिक दलबीच मेलमिलाप भएमा संविधान निर्माण गर्न कठिन नहुने बताए।
धार्मिक सहिष्णुताको पर्वका रुपमा देशभरका शिवालयमा पूजाआराधनाका साथ समेत मनाइने महाशिवरात्रिमा राष्ट्राध्यक्षबाट आराध्यदेव पशुपतिनाथको पूजा गरिने प्राचीन परम्परा छ। दर्शनका लागि राष्ट्रपति यादव पशुपतिनाथ मन्दिर परिसर पुग्दा उनलाई महाशिवरात्रि मूल आयोजक समितिका साथै पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले स्वागत गरेका थिए। रासस

प्रतिक्रिया
सम्बन्धित खवर

नेपाल फ्रान्स कुटनीतिक सम्बन्ध स्थापनाको ७०औ वर्षगाँठको उपलक्ष्यमा प्रकाशित स्मारिका “कर्म” को नेपालस्थित फ्रान्सेली राजदूत फ्रन्स्वा जाभिए लेजेर पेरिसस्थित नेपाली

काठमाडौं । सरकारले फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले