आज महाशिवरात्रि पर्व, आराध्यदेव भगवान महादेवको पूजा-आराधना गरिदै

५ फाल्गुन २०७१, मंगलवार ०८:०३ मा प्रकाशित

काठमाडौ, ५ फागुन  । संसारभरिका हिन्दू धर्मावलम्बीहरुले महादेवको आराधना, भजन किर्तन, पूजा, होम गरी आज मंगलवार महाशिवरात्रि पर्व मनाउँदैछन । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीको रातलाई महाशिवरात्रि भनी श्री शिवको ज्योतिर्लिङ्ग उत्पन्न भएको रातको रुपमा मनाउने हिन्दूहरुको परम्परा रही आएको छ ।
यसै क्रममा पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको बिहानैदेखि घुँइचो लागेको छ । प्रत्येक वर्ष फागुन चर्तुदर्शीका दिन महाशिवरात्रिमा भगवान शिवको पूजा तथा आराधना गरी उपासना गर्ने प्रचलन छ । विभिन्न १२ ज्योतिलिङर्गमध्ये पशुपतिनाथ पनि महत्वपूर्ण भएकाले हिन्दू धर्मावलम्बीले मन्दिरमा दर्शन तथा पूजा गर्ने प्रचलन छ । पशुपतिनाथ नेपालका राष्ट्रिय र आराध्य देवताका रुपमा पनि उनी पुजिन्छन् ।

पशुपतिनाथ मन्दिरमा दर्शनका लागि भारत लगायत विभिन्न देशबाट पाँच हजार साधुसन्त आएका छन । नेपालको जनकपुर, वीरगन्ज, हेटौ“डा, नेपालगन्ज, चितवनलगायत तथा भारतका विहार, हरियाणा, गुजरात, मुम्बइ, कर्णटक आदि स्थानबाट साधुसन्त आएको पशुपति विकास कोषले जनाएको छ ।

साधु सन्तका लागि कोष र गुठी संस्थानले दक्षि , भेटी, दही, मिठाइलगायत खानेकुरा लगायतको व्यवस्था गरेको छ । मन्दिरको आसपास क्षेत्र, श्लेषमान्तक, राम मन्दिर, अन्नपूर्ण भण्डारलगायत स्थानमा धुनी जगाउँदै साधु सन्त बसेका छन् । अधिकांश भक्तजन विभिन्न भजन कीर्तनमा व्यस्त छन । भक्तजनहरुको सुरक्षा का लागि ठुलो संख्यामा सुक्षाकर्मी र स्वयसेवक परिचालन गरिएको छ । महाशिवरात्रीको उपलक्ष्यमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतले शुभकामना दिनु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ

कोरोना महामारीका कारण अहिले धेरैजसो चिजबस्तुहरुको खरिद विक्री अनलाईनबाटै हुन थालेको छ । थुप्रै ब्यापारिक अनलाईन साइटहरु पनि सञ्चालनमा आएका

रुकुम (पूर्व) का कृषक ओखर खेतीतर्फ आकर्षित भएका छन् । प्रशस्त मात्रामा हाडे ओखर पाइने यस जिल्लाका कृषक पछिल्लो समय

गलकोट । बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्याङ्कअनुसार सम्बन्धविच्छेद