रेखा शाहको जवानी ‘बुढी घोडी लाल लगाम’ कहानी

४ फाल्गुन २०७१, सोमबार २१:५६ मा प्रकाशित

काठमाडौं। नेपालीमा एउटा उखान निकै चर्चित छ। त्यो हो ,’बुढी घोडी लाल लगाम’। उमेर चालिस टेक्न लागेकी लोक गायिका रेखा शाह पछिल्लो समय बुढी घोडी लाल लगाम जस्तै हुन थालेकी छिन्। एक पछि अर्को गर्दै आफुले गाएको म्युजिक भिडियोमा आफैं मोडलको रुपमा प्रस्तुत हुन थालेकी यी गायिकालाई हुँदा हुँदै आफुलाई ग्लामरको रुपमा घिनलाग्दो र अश्लिल रुपमा पस्कन कुनै कसर बाँकी राखेकी छैनन्।

उमेरले डाँडा टेकेपनि छोटा कपडामा सजिएर हिड्ने यी गायिकाले २२ वर्ष अघि आफुले गाएको गीत ‘सिमसिमे पानीमा, ज्यानले बैमान गर्छकी जिन्दगानीमा…’मा निकै छाडा पाराले अभिनय गरेकी छन्। आफु बैंसले उन्माद भएपछि केटा नभएको भावन देखाउँदै एउटा सेतो घोडामा उनले बैंश पाखेकी छिन्। मोडल तथा गायक आमिर शेखसँग उनले आफुलाई घोडामाथि ‘टपलेस’ झैं लाग्ने गरी प्रस्तुत गरेकी छिन्। अँग्रेजी ‘पोनी फिल्म’ फिल्मका नायिकाले झैं अस्वभाविक यौन तृष्णा र अर्ध नग्नता पनि उनले यो भिडियोमा पस्किएकी छिन्। एम टिभी र भी टिभीमा आउने जस्तो म्युजिक भिडियो बनाउनु पर्छ भन्दै मौलिक नेपाली गीतको रुपमा परिचित सिमसिमे पानी…को उनले धज्जी उडाएकी छिन्।

छोटो कपडा लगाएर अर्ध नग्न भएर आफुले अभिनय गर्दा त्यो गीत पश्चिमा जस्तो हुन्छ भन्ने मानसिकताबाट रेखा शाह ग्रसित भएको यो म्युजिक भिडियोले दर्शाएको छ। उमेर ढल्केका एक लाहूरेसँग घरजम गरेकी उनको मायाप्रेम एक जना गीतकारसँग लामो सम्बन्ध रहँदै आएको चर्चा चलेकै बेला उनले आफुलाई यौन प्यासी नारीको रुपमा सिमसिमे पानीमा…गीतको भिडियोमा प्रस्तुत गरेकी छिन्। उनको यो भिडियो हेरेपछि केही संचारकर्मीहरुले भिडियो लोकार्पण कार्यक्रममा नै बुढी घोडी लाल लगामको उपमा उनलाई दिए। (weeklynepal)

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सम्राट न्यौपानेको ‘चालिसे’मा गीत सार्वजनिक भएको छ । अनन्त कश्यप घिमिरेको शब्द र सम्राट न्यौपानेको आवाजमा रहेको गीतको

काठमाडौँ । गायक तिलक बस्नेतको शब्द संगीतमा रहेको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘टिकटक क्विन सुपरम्यान’ सार्वजनिक भएको छ। डान्सिङ शैलीको

काठमाडौं । लोकप्रिय गायिका अन्जु पन्तले दोस्रो विवाह गरेकी छिन् । चार वर्ष लामो प्रेम सम्बन्धलाई उनले बुधबार विवाहमा परिणत

काठमाडौं । दुई वर्ष अघि निर्माण तथा प्रदर्शन भएको चलचित्र प्रसादले व्यावसायिक सफलता हाँसिल गरेपछि अब यसको सिक्वेलका रूपमा चलचित्र