कोपनहेगन गोलीकाण्डका शंकास्पद आरोपी मारिए

४ फाल्गुन २०७१, सोमबार २१:५४ मा प्रकाशित

कोपनहेगन (बीबीसी), ४ फागुन । कोपनहेगन प्रहरीले डेनिस राजधानीमा भएका दुई गोलीकाण्डका शंकास्पद आरोपीलाई आइतबार गोली हानी मारिएको जनाएको छ। नोरेबो जिल्लामा प्रहरीमाथि गोली प्रहार गर्न खोज्ने ती व्यक्ति जवाफी हमलामा मारिएको प्रहरीले जनाएको हो।

शनिबार एउटा क्याफेमा भएको एक कार्यक्रममा गोलाबारी हुँदा एकको मृत्यु हुनाका साथै तीन प्रहरी अधिकारी घाइते भएका थिए। त्यसपछिको अर्को गोलाबारीमा एक यहुदीको मृत्यु र दुई प्रहरी अधिकारी घाइते भएका थिए। प्रहरीले भिडियो फुटेजका आधारमा यी दुवै घटनामा संलग्न व्यक्ति एकै भएको बताएको छ।

डेनिस खुफिया अधिकारीहरूले गोलाबारीमा संलग्न व्यक्ति गत महिना प|mान्सको राजधानी पेरिसमा भएको आक्रमणबाट प्रेरित भएको हुनसक्ने जनाएका छन्। खुफिया प्रमुख जेन्स मेडसेनले गोली प्रहार गर्ने व्यक्ति केही समयदेखि आफूहरूको निगरानीमै भएको जनाएका छन्। उनले गोली प्रहार गर्ने व्यक्ति इराक वा सिरियाको भ्रमण गरेका थिए कि थिएनन् भन्ने खोजबिन सुरु गरिएको बताए।

डेनिस प्रधानमन्त्री हेली थोर्निङ स्मिटले यो अत्यन्त दुखद बिहानी भएको र डेनमार्कलाई आतंकित गर्ने पागलपनको पराकाष्ठा भएको प्रतिक्रिया दिएकी छिन्। घटनास्थलको भ्रमणका क्रममा उनले डेनमार्कका यहुदी समुदायको सुरक्षाका लागि सरकारले कुनै कसर बाँकी नछाड्ने बताइन्।

पछिल्लो समय इस्लामिक लडाकुहरूको आक्रमणको त्रासले युरोपमा थुप्रै देशमा असुरक्षित महसुस गरिन थालेको छ। अघिल्लो महिना पेरिसमा भएको आक्रमणमा १७ जनाले ज्यान गुमाएका थिए। डेनमार्कमा शनिबार भएको आक्रमणपछि जर्मनी, बेलायत र प|mान्समा सुरक्षा व्यवस्था कडा बनाइएको समाचारमा जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

एजेन्सी । बेलायतका प्रधानमन्त्री कार्यालयले बर्किघम प्यालेससँग लकडाउनका बीचमा पार्टी गरेकोमा माफी मागेको छ । प्रधानमन्त्रीको सरकारी आवास ‘१० डाउनिंग

चीनले आफ्नो मुख्य भूमि (मेन ल्यान्ड) मा बिहीबारसम्म २.९२ अर्बभन्दा बढी कोभिड–१९ खोपको मात्रा दिएको छ। राष्ट्रिय स्वास्थ्य आयोगको तथ्यांक

काठमाडौँ । उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षणलाई लिएर अमेरिकाले लगाएको नयाँ प्रतिबन्धप्रति कडा ‘प्रतिक्रिया’ हुने चेतावनी दिएको छ । ‘हाइपरसोनिक’ मिसाइलको

लन्डन । बेलायतमा कुनै नागरिक कोभिड सङ्क्रमित भएपछि बस्नुपर्ने सेल्फ आइसोलेसनको समय पाँच दिनमा छोट्याइएको छ । यसअघि सात दिन