सदस्य मनोनयनको सूची तयार गर्ने जिम्मा शीर्ष नेतालाई

४ फाल्गुन २०७१, सोमबार २१:५० मा प्रकाशित

काठमाडौँ, ४ फागुन । नेकपा (एमाले) को केन्द्रीय कमिटीमा मनोनयनका विषयलाई अन्तिम रुप दिन पार्टीका शीर्ष नेतालाई जिम्मा दिइएको छ ।

आन्तरिक गृहकार्य अपुग भएपछि आज हुने अपेक्षा गरिएको सो मनोनयनसम्बन्धी निर्णय यही फागुन ६ गते हुने भएको छ । आज दिनभर बसेको स्थायी कमिटीको सातौँ बैठकमा केन्द्रीय कमिटीमा मनोनयनका लागि महासचिव ईश्वर पोखरेलद्वारा प्रस्तुत मापदण्ड र नामावलीमाथि विभिन्न प्राप्त सुझाव र नामावलीको सूचीभित्रबाट वरिष्ठता, योग्यता–क्षमता, समावेशिता, क्षेत्रीय सन्तुलन र दलको कामको आवश्यकताका आधारमा मनोनयन गरिनेछ । दलको विधानमा १० प्रतिशतसम्म मनोनयन गर्न सकिने व्यवस्था छ ।

सो सूचीलाई अन्तिम रुप दिन अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव पोखरेललाई जिम्मा दिने भएपछि निर्णय गरिएको हो ।

यस्तै केन्द्रीय सदस्यको कार्य विभाजनसम्बन्धी प्रस्ताव तयार गर्न केन्द्रीय सचिवालयलाई जिम्मेवारी तोकिएको छ । स्थायी कमिटीको बैठक फागुन ६ गते मध्याह्न १२ बजे पुनः बस्ने महासचिव पोखरेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । जनता समाजवादी पार्टीले जसपाले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बोलाइएको बैठकमा प्रतिनिधिसभामा पार्टीको भूमिका र पछिल्लो

ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन्

काठमाडौं । निर्वाचन आयोगमा सरिता तिवारीको अध्यक्षतामा दर्ता भएको नेकपा एमालेले बैठक बोलाएको छ । सर्वोच्च अदालतले नेकपालाई पार्टी एकीकरणको

आफन्तसँग ढाँटेर रु एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका