अमेरिकामा स्वास्थ्य विमा लिने आज अन्तिम दिन

४ फाल्गुन २०७१, सोमबार १२:११ मा प्रकाशित

किशोर पन्थी, न्युयोर्क, ४ फागुन । सबैलागि स्वास्थ्य विमा अनिवार्य गराउने अमेरिकी सरकारको नीति अनुशार अमेरिकामा बस्नेहरुका लागि ल्याइएको स्वास्थ्य विमाको विशेष कार्यक्रम ओबामा केयरमा आवद्ध हुने अन्तिम म्याद आज राती सकिदैछ । पूर्वीय समय अनुशार सोमबार विहान २ बजेर ५९ मिनेट जाँदासम्म स्वास्थ्य विमा नलिनेले सरकारलाई अनिवार्यरुपमा जरिवाना तिर्नुपर्नेछ । त्यसैले अमेरिकाको पूर्वी क्षेत्रमा रहेकाहरुले फरबरी १६ को बिहान २ बजेर ५९ मिनेट जाँदासम्म स्वास्थ्य विमा लिइसक्नुपर्नेछ भने क्यालिफोर्निया लगायत पश्चिमी क्षेत्रमा रहेकाहरुले फरबरी १५ को मध्यरात अगाडि अर्थात् ११ बजेर ५९ मिनेट जाँदासम्म स्वास्थ्य विमा लिइसक्नुपर्नेछ । अन्यथा उनीहरुले अमेरिकामा बिरामीहुँदा स्वास्थ्य उपचारमा समस्या भोग्नेमात्र होइन, सरकारलाई जरिवानासमेत तिर्नुपर्नेछ ।
गत वर्ष स्वास्थ्य विमा नलिएकाहरुमा अहिले ट्याक्स फाइल गर्दा वार्षिक ९ हजार ५ सय आम्दानीहुनेहरुले ९५ डलर र त्यो भन्दा धेरै आम्दानी हुनेहरुले आम्दानीको १ प्रतिशत रकम जरिवाना स्वरुप तिरिरहेको न्युयोर्कका चर्चित सीपीए विराज रिजालले खसोखासलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो –‘गतवर्ष स्वास्थ्य विमा नलिएका ठूलो संख्यामा रहेका नेपालीहरुले यसवर्ष जरिवानाको रकम तिरिरहेका छन् । वार्षिक २ लाख डलरसम्म आम्दानी हुने नेपालीहरुले त २ हजारडलरसम्म पनि जरिवाना तिरिरहेका छन् । ’
फरबरी १५ आइतवार अर्थात् आजरातीसम्म स्वास्थ्य विमा नलिनेहरुले अर्को वर्ष ट्याक्स फाइल गर्दा जरिवाना रकम अझ बढ्नेछ । विराज रिजालले भन्नुभयो –‘यसपटक स्वास्थ्य विमा नलिनेहरुले अर्को वर्ष ट्याक्स फाइल गर्दा अझ उच्चदरमा जरिवानाको रकम बुझाउनुपर्नेछ । ’ ओबामाकेयरका अनुशार यसपटक स्वास्थ्य विमा नलिनेहरुले अर्कोपटक ट्याक्स फाइल गर्दा प्रतिव्यक्ति ३२५ डलर वा आम्दानीको २ प्रतिशतमध्ये जुन बढी हुन आउँछ त्यो रकम जरिवानाका रुपमा तिर्नुपर्छ । अर्थात् १६ हजार २ सय ५० डलरसम्म वार्षिक आम्दानी हुनेहरुले ३२५ डलर जरिवाना (हरेक बच्चाको १ सय ६२ डलरसहित ५० सेन्टसहित एउटा परिवारले ९७५ डलरसम्म ) र त्योभन्दा माथि हुनेहरुले आम्दानीको २ प्रतिशत रकम जरिवाना तिर्नुपर्नेछ । जसअनुशार यसपटक २ हजार डलर जरिवाना तिर्ने २ लाख डलर आम्दानी भएकाहरुले अर्कोपटक ४ हजार डलर जरिवाना तिर्नुपर्नेछ । न्युयोर्कमा एकजना व्यक्तिको आम्दानी वार्षिक १६ हजार १ सय ५ डलसम्ममात्र छ भने उसले निशुल्क स्वास्थ्य विमा पाउनसक्छ भने । २ जनाको परिवार भएको खण्डमा वार्षिक आम्दानी २१ हजार ७ सय ८ डलरसम्म हुनेहरुले निशुल्क स्वास्थ्य विमाको सुविधा पाउनेछन् । त्यस्तै ३ जनाको परिवार भएको खण्डमा २७ हजार ३ सय ११ हजार डलरसम्म वार्षिक आम्दानी हुनेहरुले निशुल्क स्वास्थ्य विमा पाउनेछन् । चारजनाको परिवारको हकमा भने ३२ हजार ९ सय १३ डलरसम्म आम्दानीहुनेहरुले निशुल्क स्वास्थ्य विमा पाउने नियम रहेको छ । यो नियम प्राय राज्यहरुमा उस्तै उस्तै रहेको छ । अमेरिकामा स्वास्थ्य विमा नभएका व्यक्तिका लागि उपचार निकै असजिलो र महँगो समेत रहेको छ । स्वास्थ्य विमा भएकाहरुले भने सामान्यतया निशुल्क उपचार सुविधा पाउँछन् । त्यसैले सबैका लागि स्वास्थ्य सुविधाको नारासहित ल्याइएको ओबामाकेयरमार्फत तपाईपनि आजै स्वास्थ्य विमा लिइहाल्नुहोस् । र भविश्यमा विरामी हुँदा निशुल्क स्वास्थ्य उपचारको सुनिश्चितता प्राप्त गर्नुहोस् । तपाईले सरकारी वेभसाइटमा गएर अनलाइनमार्फत विमा लिन सक्नुहुनेछ । कुनै अन्यौल भएमा तपाईले फोन गर्न पनि सक्नुहुन्छ, नेपाली अनुवादकको समेत व्यवस्था रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन