प्रक्रिया खारेजीको प्रतिबद्धता आए वार्ता हुनसक्छ: भट्टराई

३ फाल्गुन २०७१, आईतवार २१:४५ मा प्रकाशित

वीरेन्द्रनगर, ३ फागुन । एकीकृत नेकपा (माओवादी)का वरिष्ठ नेता डा बाबुराम भट्टराईले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्ने शक्तिहरुबीचको सहमतिबाट मात्रै संविधान जारी गर्नुपर्ने बताउनुभएको छ ।

क्रान्तिकारी पत्रकार सङ्घ सुर्खेतले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले बहुमतीय प्रणालीबाट संविधान ल्याउन गरिएको प्रयास यसअघिका विभिन्न सम्झौताविपरीत भएको बताउनुभयो ।

बहुमतीय प्रक्रियाको खारेजी र विभिन्न सम्झौताअनुसार सहमतिबाट संविधान ल्याउने सार्वजनिक रुपमा प्रतिबद्धता गरेपछि मात्र सहमतिका लागि संवाद हुनसक्ने उहाँको भनाइ थियो । नेता भट्टराईले विगतमा भएका सम्झौता र सहमतिको मर्मअनुसार संविधान बन्ने प्रतिबद्धता नआएसम्म वार्ताको औचित्य नहुनेसमेत बताउनुभयो ।

उहाँले संविधानसभामा जबर्जस्ती मतदानको प्रक्रिया अगाडि बढाइएका कारण आफूहरु आन्दोलनमा जानुपरेको पनि स्पष्ट गर्नुभयो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सत्तारुढ नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले भावी सरकारको बारेमा निर्णय नलिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले भेटवार्तालाई तीव्र पारेका छन् । बिहीबार बामदेव गौतमसँगको भेटवार्तापछि

काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न