
विराटनगर, २ फागुन । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले एमाओवादी मोर्चाको अन्दोलनले संविधान निर्माण प्रक्रिया नरोकिने बताएका छन् ।
प्रेस युनियन मोरङले आज आयोजना गरेको पत्रकार भेटघाटमा उपसभापति पौडेलले एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आन्दोलन गर्दैमा संविधान लेखन प्रक्रियामा कुनै असर नपर्ने बताएका छन् । उनले भने–‘प्रर्दशन त के सुनामी आएपनि संविधान निर्माणको प्रक्रिया रोकिने छैन ।’
पौडेलले विपक्षीलाई संविधान निर्माणमा सहभागी गराउन आफूहरुले संविधानसभा स्थगित् गरेको भन्दै १० दिनको समयलाई सदुपयोग गर्न समेत आग्रह गरे ।
प्रक्रिया सुरु भैसकेकाले नरोकिने बरु आफूहरु उनीहरुलाई पर्खिदै पर्खिदै अघि बढ्ने पक्षमा रहेको बताउँदै आउका पौडेलले भने–‘ हामी अहिले पर्ख र हेरको अवस्थामा छौं । सवै दललाई संविधान निर्माणको कार्यमा सहभागी गराउन लागेका छौं ।’
पौडेलले मधेसी नेताले मधेसको हित नवुझेको बताए । देशको भौगोलिक यर्थात विपरित मधेसी नेताहरुले आफनो राजनीति वचाइ राख्न विभिन्न नारा मात्र दिएको उनको आरोप छ ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौँ । सत्तारुढ नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले भावी सरकारको बारेमा निर्णय नलिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास
काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले भेटवार्तालाई तीव्र पारेका छन् । बिहीबार बामदेव गौतमसँगको भेटवार्तापछि
काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक
प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न