इजिप्टको कारागारमा रहेका अल जजिराका पत्रकारहरू रिहा

२ फाल्गुन २०७१, शनिबार २२:२० मा प्रकाशित

रोम (बीबीसी), २ फाल्गुन । इजिप्टको कारागारमा रहेका अल जजिराका पत्रकारहरू मोहम्मद फाहमी र बाहर मोहम्मद शुक्रबार जमानतमा रिहा भएका छन्। उनीहरू एक वर्षभन्दा बढी समय थुनामा बिताए। यो महिना दोस्रो पटकको सुनवाइपछि बिहीबार अदालतले उनीहरूको रिहाइको आदेश दिएको थियो।

उनीहरूमाथि गलत सूचना फैलाएको र प्रतिबन्धित मुस्लिम ब्रदरहुडलाई सघाएको आरोप छ। अदालतले फाहमीलाई ३० हजार डलर धरौटी स्वरूप राख्न आदेश दिएको छ। इजिप्टमा जन्मेका उनीसँग क्यानाडाको राहदानी छ। इजिप्टेली मोहम्मदसँग दोहोरो नागरिकता छैन। उनी अहिले परिवारसँग घरमा रहेको श्रीमती जिहान राशेदले बताइन्। २३ फेब्रुअरीको अन्तिम सुनुवाईसम्म फाहमी दैनिक रूपले प्रहरी समक्ष उपस्थित हुनुपर्नेछ।

अस्टे्रलियाली पत्रकार पेटेर ग्रेस्टलाई रिहा गरिएको दुई सातापछि ती दुवैको पक्षमा पनि फैसला आएको हो। सैनिक सरकारद्वारा चलाएको यो मुद्दाको विश्वव्यापी आलोचना भएको थियो। गे्रस्टलाई अस्टे्रलिया समक्ष सुपुर्दगी गरिएको थियो। अदालतले ग्रेस्ट र फाहमीलाई सात वर्ष र मोहम्मदलाई हतियार राखेको थप तीन वर्ष सजाय सुनाएको थियो। अदालती सुनुवाईलाई नक्कली भन्दै उनीहरूले ती अभियोगहरूलाई अस्विकारेका थिए।

अदालतले १ जनवरीमा पुनः सुनुवाइको आदेश दिएपछि यो मुद्दाले नयाँ मोड लिएको थियो। सन् २०१३ को २९ डिसेम्बरमा राजधानी कायरोको मरियट होटलको छापामा ग्रेस्ट र फाहमी तथा घरबाट मोहम्मद पक्राउ परेका थिए। सन् २०१४ को २९ जनवरीमा ती तीन पत्रकारसहित २० जनामाथि गलत समाचार सम्प्रेषण गरेको, आतंकवादी संगठनसँग आबद्ध भएको र बिनाअनुमति काम काम गरेकोमा मुद्दा चलाउने निर्णय भएको थियो। पहिलो पटक २२ फेब्रुअरीमा तीनै जनालाई अदालतमा ल्याइएको थियो। उनीहरू तीनै जनालाई सोही वर्षको २३ जुनमा सजाय सुनाइएको थियो।

राष्ट्रपति अब्देल फत्तह अल सिसीले विदेशी बन्दीको सुपुर्दगी सम्बन्धी अदालती आदेशमा हस्ताक्षर गरेका थिए। २०१५ को १ जनवरीमा उच्च अदालतमा सुनुवाइ भए पनि ती तीन पत्रकारलाई जमानत दिइएन। त्यसपछि १ फेब्रुअरीमा ग्रेस्टलाई मुक्त गरियो। १२ फेब्रुअरीमा अदालतले फाहमी र मोहम्मदलाई पनि छाड्ने आदेश दियो। स्थगित पुनः सुनुवाइबीच ती दुई पनि जमानतमा रिहा भए। उनीहरूलाई अर्को सुनुवाइमा बिनासर्त रिहाइ नगरिएसम्म न्याय गरिएको नठहरिने अल जजिराले जनाएको छ। ती दुवैजना इजिप्ट र कतारबीचको भूराजनीतिक विवादको सिकार भएको अधिकारकर्मी बताउँछन्। मध्यपूर्वको सानो मुलुक कतारले अल जजिरालाई प्रायोजन गर्छ। धेरैले कतारलाई मुस्लिम ब्रदरहुडको समर्थक मान्छन्। रिपोटर्स विदाउट बोर्डसका अनुसार इजिप्टका १५ सहित विश्वभरका कारागारमा अहिले १६५ पत्रकार बन्दी छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विरोधी तथा भ्रष्टाचार विरोधी विपक्षी नेता एलेक्सी नाभाल्नीलाई अज्ञात ठाउँमा लगिएको छ । उनलाई

एजेन्सी । टर्कीको एक अदालतले दुई जना पाइलट र एक निजी विमान सञ्चालकलाई जेल चलान गरेको छ । सन् २०१९

म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहरमा सुरक्षाकर्मीद्वारा चलाएको गोली लागी कम्तीमा दुई जनाको मृत्यु भएको छ । म्यानमारको सङ्कट व्यवस्थापन अधिकारीले