आन्दोलनका दिन गए: प्रधानमन्त्री कोइराला

२ फाल्गुन २०७१, शनिबार २२:०९ मा प्रकाशित

बिजुवार,प्यूठान,२ फागुन । प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनका दिन गएको बताउनुभएको छ ।
शनिवार अपरान्ह प्यूठानको बिजुवारमा दोस्रो स्वर्गद्वारी प्यूठान महोत्सव २०७१ को उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालाले सो कुरा बताउनु भएको हो ।
“ राणा गए । राजा गए,”उहाँले भन्नुभयो,“ आज राज्यका निकायमा सबै जनताका नेताहरु नै हुनुहुन्छ,अब कोसंग केका लागि आन्दोलन गर्ने?”
प्रधानमन्त्री कोइरालाले अब नेपाली जनता आर्थिक सामाजिक विकासमा पछि नपर्ने उल्लेख गर्दै भन्नुभयो,“ अहिले सबैमा चेतना आएके छ । नेपाल अगाडि बढ्छ ।”
सो अवसरमा प्रधानमन्त्री कोइरालाले संविधान आउने प्रत्याभूति दिदै भन्नुभयो,“ कहिले काही भड्कावका कुरा पनि आउछन त्यसले सबैलाई चिन्तित बनाउछ । तर अर्को विकल्प छैन ।संविधान आउछ आउछ ।”
प्रधानमन्त्री कोइरालाले खोजे जस्तो लोकतान्त्रिक राज्य व्यवस्था स्थापना भैसकेकोले अब तिनलाई संविधानमा संस्थागत गरेर विकासमा लाग्नुपर्ने बताउनु भयो । लोकतन्त्रविना मुलुकको विकास संभव नहुने बताउदै प्रधानमन्त्री कोइरालाले भन्नुभयो,“हिजो राणाकालमा किन विकास भएन? राजाले आफै गर्छुभन्दा पनि किन भएन? आर्थिक विकासको मूल कुरा लोकतान्त्रिक शासन व्यवस्थामा नै छ । लोकतान्त्रिक संविधान निर्माण भएपछि मुलुकको विकासले फड्को हान्छ । १० बर्षमा मुलुकको कायापलट हुन्छ ।”
सो अवसरमा प्रधानमन्त्री कोइरालाले मुुलुकमा शान्ति,स्थायित्व,लोकतन्त्र,लोकतान्त्रिक संविधान र विकास चाहिएको उल्लेख गर्नुभयो । उहाले भन्नुभयो ,“ अब आन्दोलन,उत्तेजना,तोडफोड र द्वन्द्वको कुरा छैन” । प्रधानमन्त्री कोइरालाले भन्नुभयो,“म सबैसंग हात जोडेर विनम्र प्रार्थना गर्दछु शान्ति कायम गर्न एकताबद्ध होऔ।”
उहाँले मुलुकमा लगानीको वातावरण बन्न लागेको उल्लेख गर्दै भन्नुभयो,“ मुलुकमा शान्ति र स्थायित्व कायम भएमा यहाँ लगानी बढ्छ । विदेशी लगानीकर्ताहरु लामबद्ध भएका छन । लगानी आएपछि बेरोजगारी हट्छ । गरिबी हट्छ ।” प्रधानमन्त्री कोइरालाले कामको खोजिमा विदेशिएका ३५ लाख युवाहरुको पीडा उल्लेख गर्र्दैै भन्नुभयो,“ हरेक दिन विदेशमा मृत्यु भएका, अलपत्र परेका, खबर आउछन । ती हाम्रा युवा हुन । मुलुकमा शान्ति र स्थायित्व कायम भएमा जलस्रोत,पर्यटन,कृषि,पूर्वाधार विकास र उद्योग कलकारखानाको विकास हुन्छ । सबैलाई यही रोजगारी सिर्जना गर्न सकिन्छ ।”
सो अवसरमा प्रधानमन्त्री कोइरालाले चीनको विकासको उदाहरण दिदै भन्नुभयो,“पहिले चिनमा युरोप र अमेरिका सहित विकसित मुलुकको लगानी आउथे। त्यही लगानीले अहिले चीन संसारको पहिलो अर्थतन्त्र बनेको छ । हामीलाई पनि विदेशीहरु यत्रो जलसम्पदा हुँदा हुँदै नेपाल किन गरिब भयो भनेर सोध्छन । भारत र चीनले हाम्रो आर्थिक विकासबाट फाइदा लिनुस भनेका छन । भारतका प्रधानमन्त्रीहरुले हामी बजार हौ । बेच्ने तपाइहरु हो भनेर भनेको धेरै भयो ।” उहाँले हालै भारतसंग भएको विद्युत व्यापार संझौता र माथिल्लो कर्णाली र अरुणतेस्रोका प्रबर्धकहरुसंग भएको परियोजना विकास संझौताले नेपालमा लगानीको ढोका उघ्रेको पनि बताउनुभयो ।
प्रधानमन्त्री कोइरालाले प्यूठानलाई प्रकृतिले अनुपम सुन्दरता,जलस्रोत,उर्वर भूमि दिएको बताउदै भन्नुभयो,“स्वर्गजस्तो स्वर्गद्वारी भएको प्यूठान अति रमणीय छ ।पछि पर्ने कुरै छैन ।”
प्रधानमन्त्री कोइरालाले संविधानसभाभित्र रहेका दलहरुका विचमा मतमतान्तर रहे पनि वार्ताद्वारा नै सबै समस्याको हल हुने बताउनु भयो । उहाँले विगत केही दिन अगाडि देखिएको संवादहिनताको अन्त्य भएको बताउदै भन्नुभयो,“शुक्रबार संवैधानिक परिषद्को बैठकका क्रममा र शनिवार बिहान पनि मेरो प्रचण्डसंग कुराकानी भयो । शान्तिप्रकृयाका लडाकू समायोजन र हतियार व्यवस्थापन जस्ता विषयमा त सहमति भयो भने यसमा हुन नसक्ने कुरै छैन ।”
उहाँले नेपालमा धेरै बर्षपछि ठूलो अवसर आएकोले यसलाई गुमाउन नहुने पनि बताउनुभयो । आमजनतामा आफ्नो भाषा,धर्म,संस्कृति परम्परा भेषभूषाप्रति आएको जागरणलाई कसैले रोक्न नसक्ने पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा उपप्रधानमन्त्री एवं गृहमन्त्री बामदेव गौतमले जनतामा जागरण आएकोले नेपाल अगाडि बढेको बताउनुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. गोविन्द पोखरेलले जिल्लाको पूर्वाधार र आर्थिक सामाजिक विकासलाई प्राथमिकताका साथ लगिने बताउनुभयो ।
प्रधानमन्त्री कोइरालाले शनिवार बिजुवारमा निर्माण हुने ज्येष्ठ नागरिक आश्रमको पनि शिलान्यास गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव

काठमाडौं । नेपाली काँग्रेसले बदलिँदो राजनीतिक परिस्थितिमा संविधान, लोकतन्त्र र जनतालाई केन्द्रमा राखेर निर्णय लिने भएको छ । कांग्रेसका सभापति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक स्थिरता कायम गर्दै जनताको जीवनमा परिवर्तन ल्याउने र स्थिरता कायम गर्ने लक्ष्यमा हुने