प्रधानमन्त्री कोइराला र एमाओवादी अध्यक्ष प्रचण्डबीच वार्ता

२ फाल्गुन २०७१, शनिबार २२:०२ मा प्रकाशित

काठमाण्डौं, २ फागुन । प्रधानमन्त्री सुशील कोइराला र एकीकृत नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं व्यवस्थापिका संसदमा प्रतिपक्षी दलका नेता पुष्पकमल दहाल(प्रचण्ड)संग आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता भएको छ ।
दुइ नेताहरुबीच कुनै सहयोगी नराखी भएको बार्ता करिब डेढ घण्टा चलेका थियो ।
वार्ता सकिए पछि प्रधानमन्त्री सुशील कोइरालाले सञ्चार कर्मीहरुसंग वार्ताका क्रममा आफूले विपक्षी दलका नेता प्रचण्डलाई देशको अवस्थाकाबारेमा चिन्तित रहेको पाएको बताउनु भयो । उहाँले भन्नुभयो,“ सबै राजनीतिक दलका नेताहरुमा चिन्ता छ । यसैले समाधानको निमित्त छलफल गर्नु पर्यो। सौहार्दपूर्ण वातावरणमा संवाद भएको छ । यसले सकारात्मक परिणाम दिनेछ ।”
प्रधानमन्त्री कोइरालाले सो अवसरमा अव शीघ्र वार्तामा बसेर आपसी सहमति,सहकार्य,एकता,मेलमिलापका माध्यमबाट समस्याको समाधान गराउने बताउनुभ यो । उहाँले भन्नुभयो,“अर्को उपाय छैन । चाडै बस्छौ टुंगोमा पुर्याउछौ  ।”
वार्ताबाट निस्केर एमाओवादी अध्यक्ष प्रचण्डले आफले प्रतिपक्षको हैसियतले भेट गरेको र वार्ताको लागि सरकारले नै पहल गर्नुपर्ने विचार राखेको बताउनुभयो । उहाँले वार्तामा ऐतिहासिक उपलब्धिहरुलाई सहमतिबाट संस्थागत गर्ने कुरामा आफूले प्रधानमन्त्रीलाई सकारात्मक पाएको बताउनुभयो । उहाँले सहमतिका लागि सरकारका तर्फबाट थप पहल र प्रतिबद्धता जरुरी भएको बताउनु भयो । संवैधानिक परिषद्को वैठकका समयमा र आज भएको संवादले सकारात्मक वातावरण सिर्जना भएको बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ ।

काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा

काठमाडौं । सरकारले नेत्र विक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा गृहमन्त्री