दलहरुद्वारा नयाँ वार्ता टोलि गठन, संबिधान निर्माणको गतिरोध अन्त्य गर्न संवाद सुरु

१ फाल्गुन २०७१, शुक्रबार २१:०३ मा प्रकाशित

काठमाडौ, १ फागुन । झन्डै एक महियन लामो संबिधान निर्माण प्रक्रियामा देखिएको गतिरोध अन्त्य गर्न संविधानसभा अध्यक्षले संविधानसभाको बैठक अनिश्चितकालसम्मको लागि स्थागित गरे पछि प्रमुख दलहरुले सम्भावित दलहरुवीचको वार्तालाई परिणाममुखी बनाउन आ-आफ्नो वार्ता टोली समेत परिवर्तन गरेका छन ।
प्रधानमन्त्री कोइरालाले काग्रेसको तर्फबाट बनमन्त्री महेश आचार्य, प्रवक्ता दिलेन्द्र बडु र नेता आनन्दप्रसाद ढुङ्गाना सम्मिलित नयाँ बार्ता टोलि गठन गरेका छन । एमाले अध्यक्ष केपी ओलीले पनि नयाँ बार्ता टोलिमा उपमहासचिव द्धय घनश्याम भुषाल र विष्णु पौडेल, सचिव योगेश भट्टराई र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे राखेका छन् । त्यस्तै एमाओवादीको बार्ता टोलीमा नेता कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी र वर्षमान पुन रहेका छन । मधेसी मोर्चाको तर्फबाट मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार सहभागि हुने छ । बार्ताको सुरुवातको लागि एमाओवादी अध्यक्ष प्रचण्डसँग कुरा गरिरहेका प्रधानमन्त्रीले आजै प्रचण्ड र बाबुराम भट्टराईसँग कुराकानी गरेको बालुवाटार स्रोतले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कर्मचारी समायोजनसम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसला सार्वजनिक भएसँगै लोकसेवा आयोगलाई सम्पूर्ण परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ ।

काठमाडौँ । काठमाडौँ उपत्यकामा उत्पादन हुने कुहिने फोहर यहीँ नै व्यवस्थापन गर्ने भने पनि हालसम्म स्थान पहिचान हुन सकेको छैन

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित नेता गिरीको आज राति ९:३० बजे

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका