संविधान जारी गर्न जुनसुकै त्याग गर्न तयार छु: प्रधानमन्त्री

२९ माघ २०७१, बिहीबार २२:३१ मा प्रकाशित

काठमाडौँ, २९ माघ । प्रधानमन्त्री सुशील कोइरालाले नयाँ संविधान जारी गर्नका लागि आफू जुनसुकै त्याग गर्न तयार रहेको बताएका छन् ।प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज नागरिक समाजका अगुवासँग उनले राजनीतिक दलबीच सहमतिका लागि संवादको वातावरण तयार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त भोजराज पोखरेलले वार्ता र संवाद नभइरहेको अवस्थामा त्यसका लागि वातावरण बनाउन आफूहरुले आग्रह गरेको बताए । सो अवसरमा प्रधानमन्त्रीले नयाँ संविधानका निर्माणका लागि आफूले जुनसुकै त्याग गर्ने र संवादहीनताको अवस्था चाँडै तोडिने विश्वास दिलाएको पोखरेलले जानकारी दिए ।

उनले वार्ता नै अहिलेको उत्तम विकल्प भएकाले सबै मुख्य राजनीतिक दलसँग आफूहरुले वार्तामा बस्न आग्रह गरेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकार र विप्लव समूहबीचको औपचारिक वार्ता आजदेखि सुरु भएको छ । आज बिहान दुवै समूहको पहिलो चरणको औपचारिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज बुधबार दिनभर बैठकैबैठक राखेका छन् । कसरी अघि बढ्दा प्रधानमन्त्री ओलीलाई

वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी

टीकापुर । सन्तानको रहर पुगेकाहरुका लागि सञ्चालन गरिएको स्थायी बन्ध्याकरण शिविरमा दुई दिनमा ४६ जनाले सेवा लिएका छन् । पहिलो